निक इलेक्ट्रो टेक–२०१८ को पूर्वसन्ध्यामा केन्द्रविन्दु राउण्ड टेबलमा कसले के भने ? ( भिडियो सहित )

निक इलेक्ट्रो टेक–२०१८ को पूर्वसन्ध्यामा केन्द्रविन्दु राउण्ड टेबलमा कसले के भने ? ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

‘नवौं निक इलेक्ट्रो टेक–२०१८’ को पूर्व सन्ध्यामा केन्द्रविन्दु अनलाइन मिडिया र केन्द्रविन्दु टिभीको संयुक्त प्रस्तुतीमा केन्द्रविन्दु राउण्ड टेबल आयोजना गरिएको छ । नेपाल विद्युत महासंघको आयोजनामा शुक्रबारदेखि हुन लागेको निक इलेक्ट्रो टेक २०१८ को पूर्वसन्ध्यामा राउण्ड टेबल आयोजना गरिएको हो ।

काठमाडौंको भृकुटीमण्डप आयोजना हुने मेला पौस १० गतेसम्म चल्नेछ । यो मेलामा स्वदेशी तथा मल्टिनेसनल कम्पनीहरुको विद्युतीय साम्रागीहरु प्रदर्शनीमा राखिनेछन् । इलेक्ट्रो टेक मेला हरेक दुई–दुई वर्षमा आयोजना भईरहेको छ ।

उक्त मेलाको पूर्वसन्ध्यामा आयोजित राउण्ड टेबलमा नेपाल विद्युत महासंघका प्रथक उपाध्यक्ष सुदर्शन प्रसाद पौडेल, महासचिव रेशम देवकोटा, प्रवक्ता कोमल पोखरेल, गुणस्तर विभागका प्रतिनिधि शम्भु झा लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कसले के भने ?

संयोजक तथा प्रथम उपाध्यक्ष पौडेलः
सन् १९७६ देखि सुरु भएको अन्तर्राष्ट्रिय मेलाको यो नवौं संस्करण हो । मल्टिनेशनल कम्पनी र यस्का ब्रान्डहरु पनि यो प्रदर्शनीमा रहनेछ । नेपाली उत्पादनहरुमा ट्रान्सर्फमर, तार, केबुल आदि रहनेछन् । साथै आयात भएका वस्तुहरु पनि रहनेछन् ।

यो मेलाको मुख्य उद्देश्य भनेको हरेक २–२ वर्षको अवधिमा हुने गरेको विद्युतीय सामाग्रीमा के–के नयाँ उपलब्धिहरु भए, एनर्जी इफिसिएन्सी सामाग्रीमा कति अगाडि बढ्यो भन्ने नै हो ।

यो मेलाको मुख्य आकषर्णको विषय भनेको इनर्जी इफिसिएन्सी सामाग्रीहरु बढी रहेका छन् । सेफ्टी मेर्जसमा सिसि टिभी, साइरन लगायतका विद्युतीय सामाग्रीहरु पनि प्रदर्शनीमा रहने छन् ।

महासचिव देवकोटाः
५ दिन सम्म चल्ने निक इलेक्ट्रो टेक २०१८ पहिलो दिन प्रमुख अतिथी उर्जा मन्त्री वर्षमान पुनले उद्घाटन गर्नेछन् । दोस्रो दिन गुणस्तर सम्बन्धि चेतनामुलक कार्यक्रम गरिनेछ ।

त्यस्तै अर्को दिन सुरक्षा सम्बन्धि सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर एसोसिएसनबाट कार्यक्रम छ । तेस्रो दिन उर्जा सम्बन्धि कार्यक्रम रहनेछ । यो कार्यक्रमको आर्कषण भनेको निकको करोडौं पर्ने ट्रान्सर्फमर, नयाँ नयाँ सामानहरु त्यहाँ एकै छानामुनी देख्न सकिनेछ ।

महासंघ प्रवक्ता पोखरेलः
निक इलेक्ट्रो टेक मेलामा नेपाल सरकारको त्यति सहयोग छैन् । हाम्रो देशमा यस्तो प्रकारको मेलाहरु भईरहँदा सरकारले सहयोग गर्यो भने मेला सफल पार्न सहज हुन्थ्यो । सरकारको सहयोगले देशमा पनि लगानीकर्ताहरु भित्रिने सम्भावना बढी हुन्थ्यो ।

दुई वर्षमा आयोजित मेला अन्तर्राष्ट्रिय स्तरको हुन्छ तर हामीसँग राष्ट्रिय स्तरको प्रर्दशन हल पनि छ्रैन् । भृकुटीमण्डप मात्र यस्तो एउटा हल जहाँ हामीले सजिसजाउ गर्न नै यति धेरै खर्च लाग्छ । यदि राज्यले त्यो व्यवस्थित बनाइदिने भए मेलाको खर्च पनि कम हुन्थ्यो साथै त्यहाँ आउने स्टलकर्ताहरुको खर्च पनि कम हुन्थ्यो ।

नेपाल विद्युती महासंघ एक सामाजिक विशुद्ध सामाजिक संस्था हो । नेपालमा गुणस्तरीय विद्युतीय सामाग्रीको अभावले गर्दा विद्युतीय दुर्घटना निम्तने जोखिम बढी छ ।

गुणस्तर विभागका प्रतिनिधि शम्भु झाः
वास्तवमा नेपाल विकासन्मुख देश हो । अब सरकारले विद्युतीय सामाग्रीहरुमा गुणस्तर निर्धारण गरेर विद्युतीय सामाग्रीबाट हुने क्षति न्युनिकरण गर्न तर्फ केन्द्रित हुनेछ ।  हेरौं भिडियोमा :

Logo