राष्ट्र बैंक र बैंकर संघबीच सहमति व्याजदरको सीमा ९.२५ र साढे ८ प्रतिशत

राष्ट्र बैंक र बैंकर संघबीच सहमति व्याजदरको सीमा ९.२५ र साढे ८ प्रतिशत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकसँगको बैठकपछि नेपाल बैंकर संघले व्याजदरको सीमा तोकेको छ । पुँजी बजारमा देखिएको समस्या समाधान गर्नको लागि बनेको कार्यदलले बुधबार प्रतिवेदन बुझाएपछि त्यो सुझाव अनुसार कसरी काम गर्न सकिन्छ भन्नेबारे छलफल गर्न बैंकले २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकमा बोलाएको थियो ।

बैठकमा अहिले व्याजदरमा देखिएको होडवाजी अन्त्य गर्नको लागि बैंकहरुलाई सुझाव दिईएको नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिए ।

बैंकर संघका अनुसार बैंकहरुबीच व्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत व्याजदरको सीमा तोकिएको छ । त्यस्तै, संस्थागत मुद्दति तर्फ साढे ८ प्रतिशत व्याजदर सीमा तोकिएको छ ।

व्यक्तिगत तर्फ ० दशमलव ५ प्रतिशत सम्म व्याजदर बढाउन सक्ने र संस्थागत तर्फ १ प्रतिशतसम्म व्याजदर बढाउन सक्ने प्रावधान समेत राखिएको छ । बैंकर संघको यो निर्णय शुक्रबारदेखि लागू हुनेछ ।

Logo