निक इलेक्ट्रो टेक–२०१८ को पूर्वसन्ध्यामा केन्द्रविन्दु राउण्ड टेबल सम्पन्न (भिडियो सहित)

निक इलेक्ट्रो टेक–२०१८ को पूर्वसन्ध्यामा केन्द्रविन्दु राउण्ड टेबल सम्पन्न (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

NEEK ELECTRO TECH -20189th IN'TL ELECTRICAL-ELECTRONIC EXHIBITION & SYMPOSIUM# ENERGY FOR ECONOMIC PROSPERITY # DATE : DECEMBER 21-25, POUSH 6-10, 2075Bhrikuti Mandap Exhibition Hall, Kathmandu, Nepal.Organized by : Federation of Electrical Entrepreneurs of Nepal

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, December 19, 2018

काठमाडौं । ‘नवौं निक इलेक्ट्रो टेक–२०१८’ को पूर्व सन्ध्यामा केन्द्रविन्दु अनलाइन मिडिया र केन्द्रविन्दु टिभीको संयुक्त प्रस्तुतीमा केन्द्रविन्दु राउण्ड टेबल आयोजना गरिएको छ । नेपाल विद्युतीय महासंघको आयोजनामा शुक्रबारदेखि हुन लागेको निक इलेक्ट्रो टेक २०१८ को पूर्वसन्ध्यामा राउण्ड टेबल आयोजना गरिएको हो ।

काठमाडौंको भृकुटीमण्डप आयोजना हुने मेला पौस १० गतेसम्म चल्नेछ । यो मेलामा स्वदेशी तथा मल्टिनेसनल कम्पनीहरुको विद्युतीय साम्रागीहरु प्रदर्शनीमा राखिनेछन् । इलेक्ट्रो टेक मेला हरेक दुई–दुई वर्षमा आयोजना भईरहेको छ ।

उक्त मेलाको पूर्वसन्ध्यामा आयोजित राउण्ड टेबलमा तोयम राय, महानिर्देशक, भन्सार विभाग,तेजनारायण खरेल, अध्यक्ष नेपाल विद्युतीय महासंघ, नेपाल विद्युतीय महासंघका प्रथक उपाध्यक्ष सुदर्शन प्रसाद पौडेल, महासचिव रेशम देवकोटा, प्रवक्ता कोमल पोखरेल, गुणस्तर विभागका प्रतिनिधि शम्भु झा लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कसले के भने ?

संयोजक तथा प्रथम उपाध्यक्ष पौडेलः
सन् १९७६ देखि सुरु भएको अन्तर्राष्ट्रिय मेलाको यो नवौं संस्करण हो । मल्टिनेशनल कम्पनी र यस्का ब्रान्डहरु पनि यो प्रदर्शनीमा रहनेछ । नेपाली उत्पादनहरुमा ट्रान्सर्फमर, तार, केबुल आदि रहनेछन् । साथै आयात भएका वस्तुहरु पनि रहनेछन् ।

यो मेलाको मुख्य उद्देश्य भनेको हरेक २–२ वर्षको अवधिमा हुने गरेको विद्युतीय सामाग्रीमा के–के नयाँ उपलब्धिहरु भए, एनर्जी इफिसिएन्सी सामाग्रीमा कति अगाडि बढ्यो भन्ने नै हो ।

यो मेलाको मुख्य आकषर्णको विषय भनेको इनर्जी इफिसिएन्सी सामाग्रीहरु बढी रहेका छन् । सेफ्टी मेर्जसमा सिसि टिभी, साइरन लगायतका विद्युतीय सामाग्रीहरु पनि प्रदर्शनीमा रहने छन् ।

महासचिव देवकोटाः
५ दिन सम्म चल्ने निक इलेक्ट्रो टेक २०१८ पहिलो दिन प्रमुख अतिथी उर्जा मन्त्री वर्षमान पुनले उद्घाटन गर्नेछन् । दोस्रो दिन गुणस्तर सम्बन्धि चेतनामुलक कार्यक्रम गरिनेछ ।

त्यस्तै अर्को दिन सुरक्षा सम्बन्धि सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर एसोसिएसनबाट कार्यक्रम छ । तेस्रो दिन उर्जा सम्बन्धि कार्यक्रम रहनेछ । यो कार्यक्रमको आर्कषण भनेको निकको करोडौं पर्ने ट्रान्सर्फमर, नयाँ नयाँ सामानहरु त्यहाँ एकै छानामुनी देख्न सकिनेछ ।

महासंघ प्रवक्ता पोखरेलः
निक इलेक्ट्रो टेक मेलामा नेपाल सरकारको त्यति सहयोग छैन् । हाम्रो देशमा यस्तो प्रकारको मेलाहरु भईरहँदा सरकारले सहयोग गर्यो भने मेला सफल पार्न सहज हुन्थ्यो । सरकारको सहयोगले देशमा पनि लगानीकर्ताहरु भित्रिने सम्भावना बढी हुन्थ्यो ।

दुई वर्षमा आयोजित मेला अन्तर्राष्ट्रिय स्तरको हुन्छ तर हामीसँग राष्ट्रिय स्तरको प्रर्दशन हल पनि छ्रैन् । भृकुटीमण्डप मात्र यस्तो एउटा हल जहाँ हामीले सजिसजाउ गर्न नै यति धेरै खर्च लाग्छ । यदि राज्यले त्यो व्यवस्थित बनाइदिने भए मेलाको खर्च पनि कम हुन्थ्यो साथै त्यहाँ आउने स्टलकर्ताहरुको खर्च पनि कम हुन्थ्यो ।

नेपाल विद्युती महासंघ एक सामाजिक विशुद्ध सामाजिक संस्था हो । नेपालमा गुणस्तरीय विद्युतीय सामाग्रीको अभावले गर्दा विद्युतीय दुर्घटना निम्तने जोखिम बढी छ ।

गुणस्तर विभागका प्रतिनिधि शम्भु झाः
वास्तवमा नेपाल विकासन्मुख देश हो । अब सरकारले विद्युतीय सामाग्रीहरुमा गुणस्तर निर्धारण गरेर विद्युतीय सामाग्रीबाट हुने क्षति न्युनिकरण गर्न तर्फ केन्द्रित हुनेछ ।

तोयम राय, महानिर्देशक, भन्सार विभाग

नेपाल विद्युतीय ब्यवसायी महासंघका पदाधिकारी ज्यूहरुले सरकारले वास्ता गरेन भन्नु भयो । म यो मान्न तयार छैन । किनभने म गत चैतवाट भन्सार विभागको महानिर्देशक भएर आएँ तर उहाँहरुसँग भेटघाट भएको थिएन । आजपनि म उहाँहरुले बोलाएर आएको होइन । त्यसकारण अवका दिनमा हामी हातेमालो गरेर जान सक्छौं । मेला सफलताको शुभकामना दिन चाहान्छु ।

तेजनारायण खरेल, अध्यक्ष नेपाल विद्युतीय महासंघ
नयाँ नयाँ टेक्नोलोजी हेर्न र बुझ्न चाहानेहरुले यो मेला छोड्नु हुँदैन । संसारमा भएका विद्युतीय विकास हेर्न पनि आम नेपालीले यो मेलाको अवलोकन गर्न जरुरी छ ।

Logo