वाणिज्य बैंकहरुबीच 'ब्याज युद्ध' चर्किएपछि नेपाल राष्ट्र बैंकले सबै बैंकका प्रमुख कार्यकारी अधिकारीहरुलाई ‘लन्च मिटिङ’ मा बोलाएका छन्। "/>

‘ब्याज युद्ध’ चर्किएपछि राष्ट्र बैंकले बोलायो ‘लन्च मिटिङ’

‘ब्याज युद्ध’ चर्किएपछि राष्ट्र बैंकले बोलायो ‘लन्च मिटिङ’

केन्द्रबिन्दु
0
Shares

वाणिज्य बैंकहरुबीच ‘ब्याज युद्ध’ चर्किएपछि नेपाल राष्ट्र बैंकले सबै बैंकका प्रमुख कार्यकारी अधिकारीहरुलाई ‘लन्च मिटिङ’ मा बोलाएका छन्।  ब्याजदरमा प्रतिस्पर्धा नगर्न यस अघि नै सुझाव दिएको भए पनि बैंकहरुले धमाधम ब्याज दर वृद्धि गर्न थालेपछि राष्ट्र बैंकले बैठक बोलाएको हो।

नेपाल बैंकर संघनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ‘लञ्च मिटिङ’ मा २८ वटै बैंकका सिइओ र   राष्ट्र बैंकका अधिकारीहरु सहभागी हुने जानकारी दिए।  बैठकमा नेपाल राष्ट्र बैंकले ब्याजदरमा सिमा तोक्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले यस अघि ब्याजदरमा सिमा तोक्न सुझाव दिएको थियो । ब्याजदरमा प्रतिस्पर्धा बढेपछि उधोगीहरुले सरकारलाई दबाब दिएका थिए ।

यस अघि नेपाल बैंकर्स संघले ब्याजदरको सीमा तोक्दै आएको थियो।  जस अनुसार बचतमा ७ प्रतिशत र मुद्दतीमा ११ प्रतिशत ब्याजदर तोकेको थियो।  तर पछिल्लो समय उक्त भद्र सहमति तोडेको थियो।

भद्र सहमति तोडे लगतै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए। अहिलेसम्म मेगा, कुमारी, सेन्चुरी, जनता, माछापुच्छे, सिदार्थ लगायतका बैंकहरुले ब्याजदर वृद्धि गरिसकेका छन्। सबैभन्दा बढी ब्याजदर कुमारी, मेगा र सेन्चुरी बैंकले तोकेको छ। अहिलेसम्म अधिकतम ब्याजदर साढे १३ प्रतिशत पुगेको छ।

यसैबीच वाणिज्य बैंकहरुको ब्याज युद्धले आफुहरुलाई मर्कामा पारेको भन्दै विकास बैंकहरुले पनि १४ प्रतिशत ब्याजदर तोक्ने तयारी थालेको छ।

Logo