अबदेखि वीरगञ्ज भन्सार क्षेत्रमा हिडेरै आवातजावत गर्नुपर्ने

अबदेखि वीरगञ्ज भन्सार क्षेत्रमा हिडेरै आवातजावत गर्नुपर्ने

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज । अबदेखि वीरगञ्ज भन्सार क्षेत्रमा सवारी साधनबाट आवातजावत गर्न नपाईने भएको छ । तस्करी र बेथितीलाई रोक्न भन्दै बुधबारबाट सवारी साधनमा आवजात गर्न भन्सार कार्यालयले रोक लगाएको छ ।

आवतजावत गर्दा सवारीसाधनबाट उत्रिएर तोकेको स्थानबाट पैदल यात्रा गर्न भन्सार कार्यालयले मंगलबार सूचना जारी गरेको छ । तर, बृद्धबृद्धा र अपाङ्गता भएकाहरुलाई भने यो नियम बाध्यकारी नहुने कार्यालयले जनाएको छ ।

देशकै बढी राजश्व उठाउने नाका भएकोले भन्सार व्यवस्थित गर्न यात्रु लेन बनाइएको कार्यालयका प्रमुख प्रशासक श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

वीरगञ्ज भन्सार नाकाबाट हुने पोके तस्करी नियन्त्रण गर्नसमेत यात्रु लेन प्रभावकारी हुने उनको भनाई छ । भन्सार क्षेत्रमा सर्वसाधरणलाई अनावश्यक दुःख दिएको भन्दै वीरगञ्ज भन्सार कार्यालयको मुल गेटमा युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भन्सार प्रशासनबिरुद्ध नाराबाजीसमेत गरेका हुन् ।

Logo