‘निक इलेक्ट्रो टेक-२०१८’ पुस ६ गतेदेखि भृकुटीमण्डपमा हुँदैं

‘निक इलेक्ट्रो टेक-२०१८’ पुस ६ गतेदेखि भृकुटीमण्डपमा हुँदैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘निक इलेक्ट्रो टेक-२०१८’ आयोजना गरिएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा यहि पुस ६ देखि १० गतेसम्म चल्ने मेलामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको किनबेच तथा जानकारी गराईनेछ ।

इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको नवौं संस्करण ‘निक इलेक्ट्रो टेक-२०१८’ हुन लागेको हो । त्यसको लागि आवश्यक तयारी थालिएको छ ।

विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि मेला आयोजना गर्न लागिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ यस वर्ष ‘आर्थिक समृद्धिको संवाहक-उर्जा’ भन्ने नारा लिएर निक इलेक्ट्रो टेक २०१८ को आयोजना हुन लागेको हो ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान-प्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यस सम्बन्धी जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य आयोजकको छ ।

निक इलेक्ट्रो टेक २०१८ मा हल भित्र ५१ वटा ब्लकहरु र हल बाहीर २६ वटा स्टलहरु गरि जम्मा ७७ वटा प्याभिलियन तथा स्टलहरु रहनेछन् ।

जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

पाँच दिनसम्म चल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट गरी एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

Logo