मध्य भोटेकोशीको आईपिओ बाँडफाँड, कसलाई कति पर्यो ?

मध्य भोटेकोशीको आईपिओ बाँडफाँड, कसलाई कति पर्यो ?

केन्द्रबिन्दु
0
Shares

मध्य भोटेकोशी जलविद्युत कम्पनी आईपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार दिउँसो धुम्बाराहीको स्मार्ट क्याफेमा शेयर बाँडफांड गरेको हो ।

कम्पनीले कार्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म संचयकर्ताको लागि र मंसिर १९ गतेदेखि २६ गतेसम्म संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा संचय कोषका कमर्चारीको लागि शेयर निष्काशन गरेको थियो । कम्पनीले संचयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेकोमा कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न सक्ने ब्यबस्था थियो ।

यस समुहमा १ लाख ३९ हजार ७ सय ७८ जना योग्य आवेदक रहेकोमा ९० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै शेयर पाएका छन् । १०० देखि ५०० कित्ताको लागि आवेदन दिनेले पनि ९० कित्ता नै पाएका छन् । तर १०० देखि ५०० कित्तासम्मको लागि आवेदन दिने मध्येबाट गोलाप्रथाद्वारा ४ हजार ५ सय  ४३ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

त्यस्तै कम्पनीले संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता शेयर निष्काशन गरेको थियो । यस समुहमा  ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने प्रावधान थियो । जसमा ८ हजार ४ सय ३९ योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ  । यसमा २५० कित्तासम्म आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन ।  २५० देखि ५०० कित्ताको लागि आवेदन दिनेले पनि २५० कित्ता नै शेयर पाएका छन् ।  तर २५० देखि ५०० कित्ताको लागि आवेदन दिने मध्येबाट गोलाप्रथा मार्फत १७ सय १२ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

Logo