चिनियाँ कम्पनीसँग मोनोरेलको डीपीआर सम्झौता, अबको पाँच वर्षमा रेल गुड्ने

चिनियाँ कम्पनीसँग मोनोरेलको डीपीआर सम्झौता, अबको पाँच वर्षमा रेल गुड्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंमा मोनोरेल सञ्चालनको लागि चिनियाँ कम्पनीसँग विस्तृत परियोजना प्रीतवेदन (डीपीआर) सम्झौता भएको छ । काठमाडौं र ललिपुर महानगरपालिकाले चिनियाँ कम्पनी सीआरसीसीसँग डीपीआर सम्झौता गरेका हुन् ।

बुधबार राष्ट्रिय सभागृहमा महानगरपालिका र कम्पनी बीच सम्झौतामा चाइना रेलवे २५ औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) ले एक वर्षभित्रमा तयार पार्नेछ । चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको थियो ।

मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ । प्रारम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने भनिए पनि एक वर्षको अवधि राखेर सम्झोता भएको छ ।

त्यसको ३ वर्षपछि मोनोरेल बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । अब फटाफटी योजना अनुसार काम भए मात्रै पनि ४ वर्ष समय लाग्नेछ । उनीहरुका अनुसार चल्ने हो भने अबको पाँच वर्षभित्रमा काठमाडौंमा मोनोरेल सञ्चालन हुनेछ ।

चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

Logo