एनएमबिको सहुलियतपूर्ण ऋण योजना सार्बजनिक (भिडियोसहित)

एनएमबिको सहुलियतपूर्ण ऋण योजना सार्बजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंकले लघु तथा विपन्न बर्गका लागि तीन लाख देखी १५ लाख सम्म विना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सरकारद्धारा जारी गरेको सहुलियतपूर्ण ऋणका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ अनुसार बैंकले सो कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकले पत्रकार सम्मेलन गरेर लघु तथा विपन्न वर्गलाई लक्षित गरी एनएमबि सहुलियतपूर्ण कर्जा संचालनमा ल्याएको जानकारी गराएको हो । जस अन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ भने सात प्रकारका ऋण विना धितो उपलब्ध गराउने बैंकले जानकारी गराएको छ ।

बैंकले महिला उद्यमशीलता कर्जा अन्तर्गत १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ भने कृषि तथा पशुपन्छी, वैदेशीक रोजगारीबाट फर्केका युवा र दलित समुदायका लागि १० लाख रुपैयाँ व्यवसाय गर्न ऋण प्रदान गर्ने छ ।

त्यस्तै, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा लागि ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

Logo