मोनोरेलको डीपीआर बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गरिदैं

मोनोरेलको डीपीआर बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गरिदैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालनको विस्तृत प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता हुने भएको छ । काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले भोलि चिनियाँ कम्पनी सीआरसीसीसँग डीपीआर तयार पार्न सम्झौता गर्न लागेका हुन् ।

एक सम्झौता गरेर चाइना रेलवे २५ औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) लाई डीपीआर तयार पार्ने जिम्मा दिन लागिएको हो । बुधबार राष्ट्रिय सभा गृह महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।

चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । सीआरसीसीले मोनोरेल निर्माणका लागि लागि काठमाडौं महानगर र ललितपुर महानगरसँग सम्झौता गरेको थियो ।

मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ । प्रारम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने र त्यसको ३ वर्षपछि मोनोरेल बनाईसक्ने जनाईएको छ ।

Logo