रौतहटमा ऊर्जामन्त्रीलाई २०२ किलोको माला

रौतहटमा ऊर्जामन्त्रीलाई २०२ किलोको माला

केन्द्रबिन्दु
0
Shares

रौतहट । उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनलाई २०२ किलोको माला लगाईएको छ । रौतहटको कटहरिया नगरपालिकाका स्थानीयले मन्त्री पुनलाई २०२ किलोको माला लगाईदिएका हुन् ।

शुक्रबार कटहरिया नगरपालिकाले १०१ किलोको र स्वर्णकार समाजले १०१ किलोको गरी २०२ किलोको माला लगाईएको हो । विभिन्न सिचाई र नदी नियन्त्रण आयोजनाको अनुगमन गर्न गएका उनलाई स्थानीयले स्वागत गर्दै २०२ किलोको माला लगार्इदिएका हुन् ।

यस्तै मन्त्री पुनले बाराका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गरेका छन् । बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको थियो । मन्त्री पुनले सो तटबन्धको निरीक्षण गर्दै सरकारको तर्फबाट अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी मन्त्री पुनले कोतवालीको ददरङ्गवा नजिकै रहेको जमुनी सिँचाइ आयोजना र साविक कचोर्वा गाविसमा रहेको अढुवा सिँचाइ आयोजनाको समेत अनुगमन निरीक्षण गरेका थिए ।

Logo