५६ हजार ७० जनाले पाए चौतारीको आइपीओ

५६ हजार ७० जनाले पाए चौतारीको आइपीओ

केन्द्रबिन्दु
0
Shares

चौतारी लघुवित्तले निष्काशन गरेको आईपिओ आज वितरण गरिएको छ ।

बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा शेयर  वितरण गरिएको हो । शेयर पाउन योग्य २ लाख ७२ हजार ७ सय १७ आवेदक मध्ये गोलाप्रथाबाट ५६ हजार ७० जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् ।  यस हिसाबमा रद्द भएका आवेदक सहित २ लाख १७ हजार १ सय २२ जना हात खाली भएका छन् । आईपिओमा कुल २ लाख ७३ हजार १ सय ९२ जनाले आवेदन दिएकोमा ४७५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ  ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ ।

लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ।

Logo