चौतारीको आइपीओ बाँडफाँड हुँदै, सवा २ लाखको हात खाली

चौतारीको आइपीओ बाँडफाँड हुँदै, सवा २ लाखको हात खाली

केन्द्रबिन्दु
0
Shares

चौतारी लघुवित्तको  आईपिओ केही बेरमा बाँडफाँड हुँदैछ।  बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले अहिले कार्यक्रमस्थलको तयारी भैरहेको र मध्यान्ह १२ बजे आईपिओ बाँडफांड गर्ने जानकारी दिएको छ  ।

कम्पनीले ६ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।  जसमा २ लाख ७७ हजार ६  सय ८८ आवेदकबाट १ करोड ७५ लाख ३ सय कित्ताको लागि आवेदन परेको छ ।  यो ३१ गुणा बढीको आवेदन हो । आईपिओमा

योग्य आवेदक मध्ये गोलाप्रथाबाट ५६ हजार ७० जनाले १० कित्ता शेयर पाउने छन् । बाँकी आवेदक भने हात खाली हुनेछन् ।  लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ ।

Logo