अब नेपालमा पाँच सय, दुई हजार सँगै २ सय दरका भारतीय नोट नचल्ने

अब नेपालमा पाँच सय, दुई हजार सँगै २ सय दरका भारतीय नोट नचल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले भारु २ सय दरका नोट पनि नेपालमा प्रतिबन्ध लगाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ सय दरका भारु नोटलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यसअघि नेपालमा पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लागेको थियो । यो सँगै अब नेपालमा दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने भएका हुन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन् ।

Logo