सरकारले साना किसानको २९ करोड भन्दा बढी बैंक ऋण मिनाहा गर्‍यो

सरकारले साना किसानको २९ करोड भन्दा बढी बैंक ऋण मिनाहा गर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले साना किसानहरुको बैंक ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरिएको सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताए । कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी छ ।

Logo