शैक्षिक परामर्श दिने व्यवसायमा विदेशी लगानी बन्द गरिने, इक्यानमा खुसीयाली

शैक्षिक परामर्श दिने व्यवसायमा विदेशी लगानी बन्द गरिने, इक्यानमा खुसीयाली

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा साना ई–कमर्स, कन्सल्टेन्सी र खुद्रा व्यापारमा विदेशी लगानी बन्द गर्ने प्रस्ताव गरेपछि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा खुसीयाली छाएको छ । मन्त्रालयको प्रस्ताव सदर भएको खण्डमा शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्थाहरु, भाषा तालिम, संगीत तालिममा विदेशी लगानी प्रतिबन्ध लाग्ने छ ।

दुई करोडभन्दा कम विदेशी लगानी हुने कम्प्युटर तालिम र ५१ प्रतिशतभन्दा बढी लगानी हुने व्यवस्थापन, लेखा, इन्जिनियरिङ, कानुनीजस्ता परामर्श सेवा व्यवसायमा समेत प्रतिबन्ध लाग्ने छ ।

मन्त्रालयले ५० करोड रुपैयाँभन्दा कम लगानी रहने शैक्षिक परामर्श दिने व्यवसाय, विद्युतीय व्यापार (ई–कमर्स) र खुद्रा व्यापारमा विदेशी लगानी बन्द गर्ने प्रस्ताव गरेको हो ।

सरकारले उत्पादन, निर्यात प्रवद्र्धन र पूर्वाधार विकासका क्षेत्रमा विदेशी लगानीलाई आकर्षित गरी औद्योगिकीकरणमार्फत दिगो आर्थिक वृद्धिदर हासिल गर्न विदेशी लगानीसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्दै ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ को मस्यौदा समेत तयार गरिसकेको छ ।

नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तयार गर्दै विदेशी लगानी सम्मेलन फागुनमा गर्ने सरकारको योजना रहेको छ । र, माघ भित्र नै त्यस सम्बन्धित कानुन ल्याइसक्ने सरकारको योजना छ । यस ब्यवस्थाले समग्र नेपाली लगानीकर्ताहरुमा खुसीयाली छाएको छ ।

यसअघि इक्यान लगायतका शैक्षिक परामर्श दिने संस्थाहरुले विदेशी लगानी भित्र्याउन नहुने भन्दै विरोध जनाउँदैं आएका थिए । शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानी भित्रिदा स्वदेशी संस्थाहरु बन्द हुने, नेपालीले रोजगारी नपाउने लगायतका माग गर्दै सरकारलाई स्मरणपत्र बुझाएको थियो ।

यी व्यवसायमा विदेशी लगानी बर्जित हुने
शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्थाहरु, भाषा, तालिम, संगीत तालिम र दुई करोडभन्दा कम विदेशी लगानी हुने कम्प्युटर तालिम र ५१ प्रतिशतभन्दा बढी लगानी हुने व्यवस्थापन, लेखा, इन्जिनियरिङ, कानुनीजस्ता परामर्श सेवा व्यवसाय ।

आमसञ्चारका प्रसारण माध्यमहरु (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) को व्यवसाय ।

ट्राभल एजेन्सीबाहेक पर्यटनमा संलग्न गाइड, टे«किङ तथा माउन्टेनियरिङ गाइड, भरिया (घोडा, खच्चड, याकसहित) एवं भान्से मात्र उपलब्ध गराउने उद्देश्य भएको पर्यटन उद्योग, घोडचढी, हात्तीचढी, मसाज, स्पा, ब्युटिपार्लर, होमस्टे ।

क्यासिनोबाहेकका जुवा वा बाजी व्यवसाय सञ्चालन उद्योग, चिठ्ठा सञ्चालन र
नेटवर्क व्यवसाय ।

बायोलोजिकल तथा केमिकल (एनबिसी) हतियार उत्पादन गर्ने उद्योग तथा – लघु उद्यम र घरेलु उद्योग ।

मुद्रा तथा सिक्का व्यवसाय वा सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) उद्योग तथा घरजग्गा खरिद–बिक्री व्यवसाय ।

कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरू एवं कुखुरापालन, मत्स्यपालन वा मौरीपालन उद्योग, लगायतका क्षेत्रहरु पर्दछन् ।

Logo