नाडेप लघुवित्तको ६८५ रुपैयाँको शेयर एक सय रुपैयाँमै

नाडेप लघुवित्तको ६८५ रुपैयाँको शेयर एक सय रुपैयाँमै

केन्द्रबिन्दु
0
Shares

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। लघुवित्तको शेयर मूल्य अहिले ६८५ रुपैयाँ छ जुन हकप्रद स्वरुप एक सय रुपैयामा किन्न पाइने छ।

१६ लाख कित्ता साधारण शेयरको हकप्रद बिक्री गर्दैछ । यसका लागि शेयरधनीले आगामी पुस २९ गतेसम्म आवेदन दिन पाइने जानकारी दिएको छ । यही मंसिर ७ गतेसम्म कारोबार गरेका शेयरधनीले हकप्रदको लागि आवेदन दिन पाउने छन् । यसले ३० प्रतिशत बोनस शेयर दिने घोषणासमेत गरिसकेको छ ।

कम्पनीको हाल कायम रहेको १६ करोड रुपैयाँ चुत्ता पुँजीमा ३० प्रतिशत बोनस शेयर दिन लागेको हो निर्णय गरेको हो । ६४ करोड रुपैयाँ अधिकृत पुँजी रहेको यो वित्तीय संस्थाको जारी पुँजी ३२ करोड रुपैयाँ छ । हकप्रद जारीपछि ३२ करोड रुपैयाँ पुग्ने छ ।

हकप्रद विक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।  नाडेपको कार्यालय वा सि आस्वाका सदस्य भएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

Logo