चौतारी लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन

चौतारी लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

चौतारी लघुवित्तको आईपिओमा आवेदन दिने समयावधी आज सकिंदै छ । कम्पनीले गत १९ गतेदेखि आइपीओ बजारमा ल्याएको थियो।

कम्पनीले  ६ लाख कित्ता आइपीओ निष्काशन गर्न गरेको थियो । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ५ लाख ६० हजार ७ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटले जनाए अनुसार आइपीओका लागि अत्याधिक आवेदन परेको छ  ।

आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।  लगानीकर्ताले सम्पूर्ण सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । साथै मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ ।

चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ । आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ । कम्पनीको आईपिओलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ को रेटिङ्ग प्रदान गरेको छ ।

Logo