राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचार्इमा साँढे आठ अर्ब भ्रष्टाचार

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचार्इमा साँढे आठ अर्ब भ्रष्टाचार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बाँकेमा निर्माणाधीन सिक्टा सिँचार्इ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । पाण्डे आयोजना निर्माण गर्ने जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीका प्रमुख एवं राप्रपा नेता समेत हुन् ।

आयोगले राष्ट्रिय गौरवको उक्त आयोजनामा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको ठहर गर्दै पाण्डेसहित २१ जना विरुद्ध मुद्दा चलाएको हो ।

सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीले सिक्टाको पश्चिम खण्डको ४५ मध्ये ४२ किलोमिटर मूल नहर निर्माण गरेको हो । मूल नहर निर्माणपछि परीक्षणका क्रममा पटकपटक भत्केको छ । बाँकेको अगैयामा बाँध निर्माण गरी राप्ती नदीको ५० क्युमेक्स पानी अटाउने गरी बनाइएको मूल नहर ४,५ क्युमेक्स पानी पठाउँदा नै भत्कन थालेपछि आर्थिक अनियमितताको आशंका गरिएको थियो ।

आयोगको आरोपपत्रमा सिक्टाको मूल नहर भत्किएको, डिजाइनमा त्रुटि भएको तथा निर्माण क्रममा खटिएका प्राविधिक, कन्सल्टेन्ट र निर्माण व्यवसायीले सुपरभिजन नगर्दा गुणस्तरीय काम हुन नसकेको उल्लेख छ । नहर भत्कँदा समेत आयोजनाका कर्मचारीले निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको अनुसन्धानको क्रमबाट खुलेको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०६१,६२ देखि निर्माण सुरु सिक्टामा हेडवक्र्स र मूल नहर बनाउन १४ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । आयोजना अबको दुई वर्षमा सक्ने लक्ष्य मन्त्रालयको भए पनि भौतिक प्रगति भने ५६ प्रतिशत मात्र छ । आयोगले आरोपीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (३), (४) तथा दफा २३ बमोजिमको कसूरमा सजायँ माग गरेको छ ।
नागरिकबाट

Logo