‘ब्याज युद्ध’ मा सेञ्चुरी बैंकको आक्रामक प्रहार

‘ब्याज युद्ध’ मा सेञ्चुरी बैंकको आक्रामक प्रहार

केन्द्रबिन्दु
0
Shares

सेञ्चुरी कमर्सियल बैंकले पनि मुद्दती निक्षेपमा ब्याज दर वृद्धि गरेको छ।   बैंकले ६ महिनादेखि २ वर्षसम्मको विशेष मुद्दती खाताको लागि वार्षिक १३ प्रतिशत ब्याज दिने भएको हो ।

बैंकले १ महिनादेखि २ वर्षसम्मको साधारण मुद्दती खाताको लागि वार्षिक व्याजदर १२ प्रतिशत प्रदान गर्ने गरि दुई नयाँ योजना ल्याएको छ ।विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।

यस अघि जनता बैंकले जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर तोकेको थियो।  त्यस्तै माछापुच्छ्रे बैंकले  साढे १२ प्रतिशत,  मेगा बैंकले   १२.५० प्रतिशत, कुमारी बैंकले साढे १३ प्रतिशत ब्याजदर घोषणा गरेको थियो।  बैंक अफ काठमाडौँले भने व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत नयाँ ब्याजदर तोकेको थियो।

बैंकर्स संघले ब्याजदर बारे नयाँ निर्णय गरेपछि बैंकहरुबीच ‘ब्याज युद्ध’ शुरु भएको छ । अहिलेसम्म अधिकतम ब्याजदर साढे १३ प्रतिशत पुगेको देखिन्छ। यस अघि मुद्दतिमा बढीमा साढे १० प्रतिशतसम्म ब्याजदर तोक्न पाउने ब्यबस्था थियो ।

Logo