‘ब्याज युद्ध’ बारे जनता बैंकका डेपुटी सिइओलाई १३ प्रश्न

‘ब्याज युद्ध’ बारे जनता बैंकका डेपुटी सिइओलाई १३ प्रश्न

केन्द्रबिन्दु
0
Shares

वाणिज्य बैंकहरुबीच यतिबेला ‘ब्याज युद्ध’ चलिरहेको छ । गत मंगलवार नेपाल बैंकर्स एशोसिएसनले भद्र सहमति तोड्ने निर्णय गरेसँगै बैंकहरुले मुद्धती निक्षेपमा ब्याजदर बृद्धि गर्न थालेको हो । आजसम्म ५ वटा बैंकले ब्याजदर बृद्धि गरीसकेका छन् । अहिलेसम्म अधिकतम ब्याजदर साढे १३ प्रतिशत पुगेको छ । निर्णय भएकै दिन जनता बैंकले १२ प्रशित ब्याजदर घोषणा गरेको थियो । प्रस्तुत छ, यसै सेरोफेरोमा रहेर केन्द्रबिन्दुकर्मी प्रविण राजभण्डारीले गरेको कुराकानीको सम्पादित अंशः

१. संक्षेपमा भन्नुपर्दा जनता बैंकको वर्तमान अवस्था के छ ?

राम्रै छ । अहिलेको जल्दोबल्दो समस्या कर्जा निक्षेप अनुपात ७९ प्रतिशतको हाराहारीमा छौ ।

२. ग्राहकले जनता बैंक नै किन रोज्ने ?

मूलभुत रुपमा यसको तीनवटा कारणहरु छन् । एउटा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म र तराईदेखि हिमालसम्म १ सय २८ वटा शाखा कार्यालयहरु छन् । यसको शाखाहरु ५३ जिल्लामा छ । यति धेरै शाखा सञ्जाल भएको जनता बैंक पाँचौ बैंक हो । दोस्रो सर्भिसका हिसावले पनि हामी अगाडि छौं ।हाम्रो बैंक आम नेपाली जनताको बैंक हो । हाम्रो लोगो र नारा नै ‘नेपाली जनताको बैंक,जनता बैंक’ हो ।हामीले मध्यमवर्गिय र निम्नवर्गिय ग्राहकलाई आधार मानेका छौ । हाम्रो सेवा उहाँहरुको लागि उपयुक्त छ । र,तेस्रो हाम्रो प्रोडक्स हो । संस्थागत निक्षेपकर्तालाई बढीब्याज दिनुभन्दा जनतालाई बढीब्याज लिनु उचित ठान्यौ ।मुद्दतीमा १२ प्रतिशतको स्किम लञ्च गरेका छौ । संस्थालाई ब्याज दिनु भन्दा जनतालाई ब्याज दिनु उपलब्धिमुलक हुन्छ र त्यसले गर्दा समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउँछ भन्ने हाम्रो बिश्वास हो ।

३. बैंकको प्रगतिका लागि आगामी योजनाहरु के-के छन् ?

अहिले हामी थप शाखाहरु खोल्दै छौ । यो बर्षपनि हामीहरुले १५ वटा नयाँ शाखाहरु थप्दैछौ । हामीले प्रत्येक किसिमको ग्राहकलाई हुने प्रोडक्ट र सर्भिसेसहरु ल्याउँदैछौ । सानादेखि ठूला ग्राहकहरुलाई हुने खालको निक्षेपकर्जा रसर्भिसेसहरु ल्याउदै छौ । हामीले आइटीमा बढी बल गरिरहेका छौ । हाम्रो कर्मचारीहरुको क्षमता वृद्धिमा बढी बल गरिरहेका छौ । आउने वर्षहरुमा जनता बैंक झन झन सबल र स्थापित बैंकको रुपमा बनाउनेछौ ।

४. बैंकर्स संघको निर्णय लगत्तै जनता बैंकले किन ब्याजदर बढायो ? अब ऋणको ब्याज बढ्छ कि बढ्दैन् ।

जनता बैंकले ब्याजदर बढायो भन्दा पनि परिवेशको कुरा गरौ । जनता बैंक वित्तीय स्थायीत्वका लागि संकल्पित छ । जतिबेला भद्र सहमतिमा थियौ । नेपाल बैंकिङ एसोसिएसनले भद्र सहमति कायम गरेका थियो र पूर्णरुपमा पालना गर्ने जनता बैंक अग्रपंक्तिमा थियो । जुन दिन भद्र सहमतिबाट बाहिर निस्क्यौ । जुन खुल्ला बजार अर्थनितिमा लाग्ने निर्णय भयो । त्यसपछि हामीले हामीसँग भएको निक्षेपलाई सुरक्षित राख्नको लागि ब्याज बढाउन बाध्य भयौ ।

लामो समयसम्मको लागि होइन छोटो समयको लागि हो । चाँडै नै यसमा सुधार आउँछ ।चाँडै नै बैंकर्स संघले फेरिभद्र सहमति कायम गर्छ भन्नेमा हामी विश्वस्त छौ । जनता बैंकले ‘फस्ट मुभ’ लिएको नभईनेपाल बैंकिङ एसोसिएसनले गरेको निर्णयलाई आत्मसात गर्ने क्रममाअघि बढेको हो । हामीसँग भएको निक्षेपलाई ‘प्रोटेक्ट’ गर्ने मुभ मात्रै हो । हामी ब्याजदर ‘एकलंक’ भन्दा बढी हुनु हुँदैन भन्ने पक्षमा हौ ।

५. जनता बैंकले नै ‘ब्याज युद्ध’ सुरु गर्यो भन्नेहरुलाई के भन्न चाहनुहुन्छ ?

जनता बैंकले ब्याज युद्ध सुरु गरेको होइन । पृष्ठभूमिमा हेर्नुभयो भने नेपाल बैंकिङ एसोसिएसनको भद्र सहमति केही बैंकहरुले सक्नुभएन ।सुरु भैसकेको अवस्था थियो र त्यो सहमतिबाट बाहिरिएपछि जनता बैंकले ‘प्रोटेक्टिभ मुभ’ मात्र लिएको हो । अग्रसरता जनता बैंकको होइन् ।

६. नेपाली बैंकहरुको अवस्थालाई कसरी नियालिरहनु भएको छ ?

नेपाली बैंकहरु बलियो हुँदै गएको छ । पहिले भन्दा सबल र सक्षम भइरहेको छ । २ अर्बबाट ८ अर्बको पुँजीमा पुगेका छन् । बैंकहरु प्रतिष्पर्धी भएका छन् । क्षमता बढ्दै गएको छ । व्यवसायिक रुपमा सञ्चालित भइरहेको छ ।नेपालको बैंकिङ स्थिती प्रगतितर्फ छ ।

७. बैंकहरुलाई सधै निक्षेपको अभाव हुनुको मुख्य कारणहरु के के होला ?

यसको मुख्य कारणहरु तीनवटा छन् । पहिलो कारण भनेको सरकारले पैसा खर्च गर्न नसक्नु हो । त्यसमा भएको पैसाहरु राजस्वको स्रोतबाट ढुकुटीमा जान्छ । पहिलो आर्थिक वर्षको ५ महिना वितिसक्यो ।सरकारले ५ प्रतिशत खर्च गरेको छ ।बाँकी पैसा कँहा गयो त ढुकुटीमा गएर बस्यो । जब सरकारले क्रमिक रुपमा पैसा खर्च गर्न सक्दैन‘क्यापिटलाइज’ गर्ने क्षमता घट्छ, निक्षेप घट्न थाल्छ । दोस्रो कारण भनेको नेपालको सबैस्थानीय निकायमा बैंकको शखाहरु खुल्दै गए ।शाखाहरु बढेपछि कर्जाको माग बढ्छ र निक्षेप बढ्छ । यसपालि कर्जाको भन्दा निक्षेपको माग बढी भयो । किन बढी भयो भने स्थानीय निकायको पुर्ण बहुमतको केन्द्रिय सरकार बनेको छ । त्यो सरकारहरु भएपछि के भयो भने बिकास निर्माणको गति अगाडि बढ्यो । त्यो बिकासनिर्माणले गर्दा कर्जा माग्छ । कर्जाको माग भएपछि कर्जा बढी भयो । तेस्रो बैंकहरुको पुँजी बढ्यो । बैंकहरुको पुँजी बढेपछि बैंकहरुले व्यवसाय बढाउनु प¥यो । केही बैंकहरुको दौडाई गती बढेकोले ग्रोथ गर्न खोजे । त्यो ग्रोथ हासिल गर्न खोजेपछि कर्जा र निक्षेपको अनुपातको सन्तुलन बिग्रन गयो । त्यसले गर्दा तत्काललाई संकुचन आएको अवस्था हो । जब आर्थिक क्रियाकलापले गती लिन्छ त्यो गतीले गर्दा कर्जाको माग बढी हुन्छ ।

८. मुद्दती खातामा ब्याज बढ्दा ऋणको ब्याज बढ्छ कि बढ्दैन ?

तत्काललाई बढ्दैन । यदि लामो समय कायमा रह्यो भने स्वभाविक रुपमा कर्जाको बढ्छ तर हाम्रो बुझाई चै लामो समयसम्म यो अवस्थामा रहदैन सायद १५ दिन भित्रमा बैंकको साथीहरु बसेर भद्र सहमतिमा पुग्छौ होला । कर्जाको ब्याज बढ्छ । यो स्वभाविक प्रक्रिया हो । राष्ट्र बैंकले एउटा रेट तोकिदिएको छ । ब्याजमा बढी अन्तर हुन दिदैन ।

९.  ब्याज युद्ध चर्किदै गयो भने ऋणको ब्याज कतिसम्म पुग्ला ?

निक्षेप पट्टि लामो समयसम्म गयो भने राष्ट्रिय अर्थतन्त्रलाई हितकार हुँदैन् । आर्थिक स्थायीत्व जाँदैन भन्नेमा विश्वस्त छौ । अहिले १२÷१३ पुग्नु भनेको नै अत्याधिक हो । पछाडितिर फर्कने बेला चाँडै आउँदैछ । यसमा सरकार सचेत छ ।

१०. राष्ट्र बैंकलाई के सुझाव दिन चाहनु हुन्छ ?

राष्ट्र बैंकले राम्रो भूमिका निर्वाह गरिरहेको छ । सकारात्मक छ र अप्ठेरो परेको खण्डमा बैंकहरुलाई सहयोग गर्दै आएको छ ।

११. राष्ट्र बैंकले के गरे हुन्थ्यो भन्ने लाग्छ ?

अभिभावकको जस्तो भूमिका निर्वाह गर्नुपर्छ । बैंकिङ सेक्टरको समस्यालाई आत्मसात गरेर राष्ट्र बैंकले सहयोग गर्नुपर्छ ।

१२. बैंकर्स संघहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

बैंकर्स संघलेभद्र सहमति कायम गर्न पर्छ । बजार र विभिन्न पत्रपत्रिका बैंक रेसियो नघट्नु नै ब्याजदरमा भद्र सहमति कायम गर्नु भनेको कार्टलिङ होइन कार्टलिङ ब्याजदरको समग्र अर्थतन्त्रको लागि गरिएको हो कुनै एउटा बैंकको लागि गरिएको होइन् । यसले समग्र अर्थतन्त्रमा टेवा पु¥याउछ भन्ने हो । सकारात्मक र इमान्दारीपूर्वक समयको माग अनुसारको भूमिका निर्वाह गर्दै आएको छ र गर्नुपर्छ।

१३. अन्त्यमा, जनता बैंकको ग्राहक र ऋणीलाई के भन्न चाहनुहुन्छ ?

जनता बैंक एकदमै बलियो बैंक होे । सबल, सक्षम र जनताप्रति सदैव प्रतिबद्ध छ । जनता बैंक आम नेपालीको बैंक हो । जनतालाई सेवा पु¥याउन प्रतिबद्ध छ । ढुक्क भएर कारोबार गरे हुन्छ । सम्पुर्ण ग्राहकहरुको चाहना अनुसारको सेवा दिन तयार छौ ।

Logo