भूकम्पीय क्षतिको बिमा भुक्तानी दिन अझै दुई अर्ब बाँकी

भूकम्पीय क्षतिको बिमा भुक्तानी दिन अझै दुई अर्ब बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भूकम्प गएको साढे तीन वर्ष पूरा भइसक्दा पनि भूकम्पले गरेको क्षतिको दाबी भुक्तानी भइसकेको छैन । बिमा समितिका अनुसार अझै दुई अर्बको हाराहारीमा बिमा रकम भुक्तानी हुन बाँकी छ । १६ निर्जीवन बिमा कम्पनीमा १६ अर्ब १८ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी परेकामा कात्तिक मसान्तसम्म १४ अर्ब २६ करोड आठ लाख रुपैयाँको दाबी भुक्तानी भएको बिमा समितिले जनाएको छ।

भूकम्पले पुुर्‍याएको क्षतिको बिमाका लागि दाबी परेको र कात्तिक मसान्तसम्म दाबी भएको भुक्तानीका आधारमा हेर्दा एक अर्ब ९२ करोड ३८ लाखभन्दा बढी रुपैयाँ भुक्तिनी हुन बाँकी देखिन्छ । बिमा समितिका अनुसार यो कुल दाबी रकमको ८५.१२ प्रतिशत हो । यस्तै दाबी परेको संख्याका आधारमा भने ९८.८३ प्रतिशत भुक्तान भएको तथ्यांकले देखाएको छ । कुल १७ हजार सात सय ९० दाबी परेकामा यो अवधिमा १७ हजार पाँच सय ८९ दाबी भुक्तानी भएको उल्लेख छ ।

दाबी भुक्तानीमा संख्याका आधारमा ९८.८३ प्रतिशत भुक्तानी भएको देखिए पनि मूल्यका ८५.१२ प्रतिशत मात्र भुक्तानी भएको देखिएको छ । यसका कारण ठूला परियोजनाको बिमितले दाबी भुक्तानी पाएका छैनन् ।
अन्नपूर्णबाट

Logo