ओपोद्वारा नेपालमा पहिलो पटक आर १७ प्रो सार्वजनिक गर्ने तयारी

ओपोद्वारा नेपालमा पहिलो पटक आर १७ प्रो सार्वजनिक गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित स्मार्टफोन कम्पनी ओपाले नेपाल पहिलो पटक आर १७ प्रो सार्वजनिक गर्ने तयारी गरेको छ । चीनमा आर १७ र आर १७ प्रो सार्वजनकि गरेदेखि नै यी स्मार्टफोन अहिले विश्वभर नै चर्चामा रहेका बेला नेपालमा पनि सार्वजनिकको तयारी सुरु भएको हो ।

उपभोक्ताको ब्यापक मागलाई ध्यानमा राखि ओपोले चाँडै नै आर–सिरिज अन्तर्गत ओपो आर १७ प्रो सार्वजनिक गर्ने तयारी गरेको हो ।

ओपो नेपालले आफ्नो आधिकारिक सामाजिक सञ्जालका पेज मार्फत नेपालमा आर–सिरिज भित्रने जानकारी दिन थालेको छ । ओपोले चीनमा यसै वर्षको अगस्टमा ओपो आर १७ र आर १७ प्रो सार्वजनिक गरेको थियो ।

कम्पनीको प्रिमियम रेञ्जका रुपमा परिचित आर १७ प्रो को पछिल्तिर कम्पनीले तीनओटा क्यामेराको प्रयोग गरेको छ । त्यसैगरी यसमा पानीको थोपा आकारको डिस्प्ले नोट्चका साथै ईन–डिस्प्ले फिंगर प्रिन्ट स्क्यानर पनि उपलब्ध छ ।

ओपो नेपालले आधिकारिक रुपमा सार्वजनिक मितिको घोषणा भने गरिसकेको छैन । तथापी, डिसेम्बर महिनामै पर्ने क्रिसमस वा नयाँ वर्ष लक्षित गर्दै फोन सार्वजनिक गर्ने सम्भावना भने प्रबल रहेको छ ।

फोनका विशेषताः
डुअल–सिम (नानो) प्रयोग गर्न सकिने ओपो आर १७ प्रोमा एण्ड्रोइड ८.१ ओरियोमा आधारित कलर ओएस ५.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । स्मार्टफोनमा ९१.५ प्रतिशत एस्पेक्ट रेसियो सहितको ६.४ ईञ्च (१०८०X२३४० पिक्सेल) फुल–एचडी डिस्प्ले छ ।

त्यसैगरी, फोनमा ८ जीबी र्‍यामका साथमा ओक्टा–कोर क्वालकम स्न्याप ड्र्यागन ७१० एसओसी प्रोसेशरको प्रयोग गरिएको छ ।

फोनमा रहेको ट्रिपल रियर क्यामेरा सेटअपमा एफ/१.५-२.४ एपर्चर सहितको १२ एमपी सेन्सर, एफ/२.६ एपर्चर सहितको २० एमपी सेन्सर र तेस्रो सेन्सरका रुपमा टीओएफ थ्रीडी स्टेरियो क्यामेरा जडान गरिएको छ ।

Logo