काठमाडौं । निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका छन । उचित मुआब्जालगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीबासीले सो द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका हुन । "/>

निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न माग

निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका छन । उचित मुआब्जालगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीबासीले सो द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका हुन ।

सोमबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ललितपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष अमृतराज शाक्यले स्थानीय जनताको माग सम्बोधन गरेर मात्रै सो द्रुतमार्ग अगाडि बढाउने व्यवस्था गरिदिन पनि संसदीय समितिसँग माग गरेका छन ।

नेवारी संस्कृतिको मूल थलोको रुपमा रहेको सो क्षेत्रका जनतालाई पेलेर उनीहरुको माग समेत सम्बोधन नगरी द्रुतमार्ग निर्माणको काम सुरु गरिएकोमा उनको आपत्ति छ । वडा अध्यक्ष शाक्यले सो द्रुतमार्ग जिरो प्वाईट बुङमतीमा राख्न आफूहरु तयार भएपनि त्यसका लागि गरिएको सहमति कार्यान्वयन गर्न सरकारले नचाहेको आरोप समेत लगाए ।

यता, खोकना क्षेत्र समेत समेटिएको वडा नम्बर २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले स्थानीय जनतालाई पेलेर मुआब्जा वितरण गरी सो द्रुतमार्ग निर्माण सुरु गरिएकोमा आपत्ति जनाए । उनले स्थानीय जनताको मागको सम्बोधन नभई सो द्रुतमार्ग निर्माणको काम अघि बढाउन नहुनेतर्फ पनि समिति र सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

Logo