काठमाडौँ

चालू आर्थिक वर्षको तीन महीनामा नेपालको व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । "/>

३ महिनामा तीन खर्ब ४९ अर्ब ८४ करोड व्यापारघाटा

३ महिनामा तीन खर्ब ४९ अर्ब ८४ करोड व्यापारघाटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चालू आर्थिक वर्षको तीन महीनामा नेपालको व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कूल वस्तु व्यापार घाटा ४५.९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात ६ दशमलव ४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ दशमलव ९ प्रतिशत थियो ।

चालू आवको तीन महीनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले वृद्धि भई २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो ।

भारततर्फ २०.२ प्रतिशत, चीनतर्फ १४.४ प्रतिशत र अन्य मुलुकतर्फ ११.२ प्रतिशतले निर्यात वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । वस्तुगत आधारमा पोलिस्टर, जस्तापाता, ऊनी गलैँचा, पश्मिना, दन्तमञ्जन लगायतका वस्तुको निर्यात बढेको छ । अलैँची, रोजिन, छाला, जिआइ पाइप, अल्मुनियम लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कूल वस्तु आयात ४३ दशमलव ६ प्रतिशतले बढेर रु तीन खर्ब ७३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दशमलव ९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४० दशमलव ८ प्रतिशत, चीनबाट भएको आयात ४५ दशमलव ९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५० दशमलव ५ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूर्जा, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, टेलिभिजन तथा पार्टपूर्जा, स्वास्थ्य सम्बन्धी उपकरण तथा औजार लगायतका वस्तुको आयात घटेको छ ।

सुक्खा बन्दरगाहा भन्सार कार्यालय, नेपालगञ्ज, कृष्णनगर, कैलाली भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ । अन्य भन्सार नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ समीक्षा अवधिमा कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा ह्रास आएको छ भने अन्य नाकाबाट भएको आयात वृद्धि भएको छ । समीक्षा अवधिमा खुद सेवा आय १९ अर्ब ८१ करोडले घाटामा गएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६ अर्ब १३ करोड थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ५.६ प्रतिशतले वृद्धि भई १५ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।
रासस

Logo