लमजुङ

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङको दिनचर्या अलैंची बारीमै बित्छ । "/>

खोल्सा भित्रको कालो सुनको करामत

खोल्सा भित्रको कालो सुनको करामत

केन्द्रबिन्दु
0
Shares

लमजुङ

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङको दिनचर्या अलैंची बारीमै बित्छ । कालो सुनका रूपमा हेरिने अलैंची खेती थालेपछि भने उनी आर्थिक रूपले सम्पन्न मात्र छैनन्, रोजगारी दिलाउन सक्ने हैसियतमा पनि छन् ।

मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोम बहादुर तामाङले पनि मलेसियामा १० वर्ष श्रम बेचे । तर आर्थिक हैसियत उकासिएन । अहिले ३५ रोपनी क्षेत्रफलमा लगाएको अलैंचीबाट उनी घरमै बसेर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका बलराम लामा पनि अजय र सोमबहादुर जस्तै विदेशबाट फर्किएर अलैंची खेती थाल्ने अर्का सफल कृषक हुन् । उनले पनि वार्षिक पाँच लाख रुपैयाँ भन्दा बढी आम्दानी अलैंची खेतीबाटै गरिरहेका छन् । अजय तामाङ गाउँगाउँमा सुरु भएको अलैंची खेतीको लहरसँगै १० वर्ष अघि परिवार सहित गाउँ फर्किए । एक रोपनी जग्गाबाट सुरु भएको अलैंची खेती अहिले ४० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलामा ५ रोपनी र ताराचोक शेरामा ५० रोपनी क्षेत्रफलमा नेपालकै ठूलो अलैंची नर्सरी स्थापना भएसँगै उनले अलैंची बिरुवा पनि बेच्न थाले । अलैंची बिरुवाबाट मात्र वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनको भनाइ छ । अलैंची दाना र बिरुवा बिक्री गरी उनले वार्षिक १५ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् । भन्छन्, ‘विदेशमा वार्षिक ३ लाख जति कमाइ हुन्थ्यो । तर अहिले परिवारको साथमा घरमा बसीबसी १५ लाख रुपैयाँ वार्षिक आम्दानी हुन्छ ।’

अलैंची खेतीले भाग्य बदलिएको उनी सुनाउँछन् । उनी विगत ३ वर्षदेखि नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष हुन् । अचेल उनी रोजगारीका लागि गाउँ छाड्ने र विदेशमा रहेका युवालाई गाउँ फर्किएर अलैंची खेती गर्न आग्रह गर्दै हिँड्छन् ।

जिल्लामा ४० वर्ष अघि बाट अलैंची खेती विस्तार भए पनि बल्ल अलैंची खेतीतर्फ स्थानीयको आकर्षण बढेको छ । अलैंची खेतीले स्थानीयको आर्थिक हैसियत मात्र होइन, भाग्य नै बदलिदिएको नेपाल अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङ बताउँछन् । अलैंची खेती गरिएको ९ सय ५० हेक्टर क्षेत्रफल मध्ये ६ सय ५० हेक्टर क्षेत्रफलमा उत्पादन सुरु भएको छ । जिल्लामा गत वर्ष ७ सय २१ क्विन्टल अलैंची उत्पादन भएको थियो । यस वर्ष उत्पादन अझ बढ्ने नेपाल अलैंची व्यवसायी महासंघ लमजुङको अनुमान छ ।
राजधानीबाट

Logo