सर्लाही

सरकारी अनुदान बापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवामै थन्किँदा उखु किसान मर्कामा परेका छन् । "/>

सरकारी अनुदान समेत कोलेनिकामा थन्कियो : उखु किसानको पीडा

सरकारी अनुदान समेत कोलेनिकामा थन्कियो : उखु किसानको पीडा

केन्द्रबिन्दु
0
Shares

सर्लाही

सरकारी अनुदान बापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवामै थन्किँदा उखु किसान मर्कामा परेका छन् । सरकारले दशैं अघि नै अनुदान बापतको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको भएपनि उक्त रकम हालसम्म कोलेनिकामै थन्किँदा किसान पीडामा परेका हुन् ।

उखु किसानलाई दिनु पर्ने अनुदान रकमको अख्तियारी दशैं लगतै आएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख जगत थपलियाले जानकारी दिए । ‘सर्लाही स्थित २ वटा चिनी उद्योगमा उखु विक्री गरेका किसानलाई उपलब्ध गराउनुपर्ने सरकारी अनुदान बापतको २६ करोड रुपैंया भन्दा बढी रकम कोलेनिकाको नाममा अख्तियारी आईसकेको छ’, प्रमुख कोष नियन्त्रक थपलियाले भने, ‘चिनी उद्योगबाट किसानको लालपूर्जाको प्रतिलिपि सहित बैंक खाता एवं उखुको परिमाण खुल्नेगरी सम्पूर्ण विवरण नआउँदा किसानको बैंक खातामा जम्मा गर्न सकेका छैनौं ।’ जमिन ठेक्कामा लिएर उखु खेती गरेका किसानको हकमा ठेक्का लिएदिएको स्थानीय तहबाट प्रमाणित सम्झौता पत्र समेत पेश गर्नुपर्ने व्यवस्था रहेको थपलियाले जानकारी दिए ।

जग्गा ठेक्कामा लिएर उखु खेती गर्ने किसानलाई स्थानीय तहबाट प्रमाणित सम्झौतापत्र समेत उपलब्ध गराउनुपर्ने व्यवस्थाले निकै झन्झट आईपरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीको भनाइ छ । ‘अर्को सिजन सूरु भईसक्दा समेत चिनी उद्योगीबाट पूरानै भुक्तानी नपाएर छटपटिएका किसानलाई सरकारले दिने अनुदानमा समेत यो र त्यो बहानामा दुःख दिने नियत स्पष्ट भएको छ’, अध्यक्ष मैनालीले भने, ‘चिनी उद्योगले कति उखु क्रसिङ्ग गर्‍यो लगायत सम्पूर्ण तथ्यांक सरकारसँग छँदैछ, अनि उद्योगले उपलब्ध गराएको किसानको बैंकखाता सहितको विवरण अनुसार भुक्तानी दिन सरकारलाई कुनै अप्ठ्यारो नहुनुपर्ने हो, तर यहाँ झन्झटिलो कार्यविधि बनाएर किसानलाई थप पीडा दिइएको छ ।
नागरिकबाट

Logo