गत कात्तिक १५ गतेदेखि खुलेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ एक साताभित्र वितरण हुने भएको छ।   आइपीओ बितरण गर्न ढिलाई भएको गुनासो बढेपछि बिक्रि प्रबन्धक नागरिक लगानी कोषले एक साता भित्र वितरण गर्ने तयारी थालेको हो। "/>

माथिल्लो तामाकोशीको आइपीओ एक साता भित्र बाड्ने, आज बैठक

माथिल्लो तामाकोशीको आइपीओ एक साता भित्र बाड्ने, आज बैठक

केन्द्रबिन्दु
0
Shares

गत कात्तिक १५ गतेदेखि खुलेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ एक साताभित्र वितरण हुने भएको छ।  आइपीओ बितरण गर्न ढिलाई भएको गुनासो बढेपछि बिक्रि प्रबन्धक नागरिक लगानी कोषले एक साता भित्र वितरण गर्ने तयारी थालेको हो।  

बिक्रि प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार महाशाखा प्रमुख रोशन जंग कार्कीले दोहोरो आवेदन केलाउने कार्य सकिएको हुँदा अब चाडै नै नतिजा सार्वजनिक गरिने जानकारी दिए।  

यस अवधिमा १२ हजारको हाराहारीमा दोहोरो आवेदन भेटिएका छन् । साथै  नाम थर, नागरिकता नम्बर, ठेगाना लगायतका विवरण तलमाथि भएका आवेदन पनि भेटिएका छन् । यस्ता आवेदनको बिषयमा छलफल गर्न आज नियामक निकाय धितोपत्र बोर्ड, सिडिएसी, बिक्रि प्रबन्धक र कम्पनीबीचको बैठक बस्दै छ ।

आईपिओमा तीन लाख ४६ हजार १६६ जना आवेदकबाट ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ । आईपिओमा सबै आवेदकले न्यूनतंम ४० कित्ता शेयर पाउने र १ लाख हाराहारी आवेदकले भने ५० कित्ता शेयर पाउने आंकलन गरिएको छ । 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ। 

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । कम्पनीले निकट भविष्यमा नै रोल्वालिङ जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

Logo