कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले आफ्नो क्षेत्रको लागि योजना छानेका छन् । "/>

सांसद डा. दिपकप्रकाश भट्टले छाने आफ्नो क्षेत्रमा योजना

सांसद डा. दिपकप्रकाश भट्टले छाने आफ्नो क्षेत्रमा योजना

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले आफ्नो क्षेत्रको लागि योजना छानेका छन् । भट्टले छानेका योजनाहरुमा दुई स्थानीय तहका विपन्न र भूमिहिन बासिन्दाका लागि आवास निर्माण गरिने भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिका र महाकाली नगरपालिकामा आवास निर्माण योजना बनाएका हुन् । दुवै तहमा आवास निर्माणका लागि चालु आर्थिक वर्षमा ५०–५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्रका दुवै प्रदेश सरकार र स्थानीय सरकारसित समन्वय गरी विपन्न र भूमिहिन परिवारका लागि आवास निर्माण योजना छनोट गरिएको हो । प्रदेश सभाका सदस्यद्वय प्रकाश रावल र मानबहादुर सुनार दुवैले आवास निर्माण योजनालाई सहयोग गर्ने आश्वासन दिएका छन् ।

प्रत्यक्ष निर्वाचित सांसदलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छुट्याएको ४ करोड बजेटका लागि क्षेत्र नं. ३ मा पर्ने भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र बेदकोट नगरपालिका वडा नं. ८ लाई समावेश गरी योजना छनोट गरिएका छन् ।

जिल्ला समन्वय समितिमा प्रदेश सांसद, समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख सहितको कार्यक्रम परामर्श समितिको बैठकमा छलफल गरी कार्यक्रम निर्देशक समितिले तीनै तहलाई समावेश गरी योजना छनोट गरेको हो ।

सांसद भट्टले तीनै तहका सबै वडालाई समेटेर योजना छनोट गरेका हुन् । सांसद डा. भट्टले आफ्नो क्षेत्रमा अनपेक्षित रुपमा विपन्न र भूमिहिनका लागि आवास निर्माण योजना प्राथमिकताका साथ ल्याएका छन् ।

“निर्वाचन प्रचारप्रसारका क्रममा विपन्न र भूमिहिन परिवारको पीडा देखेर माननीयज्यू निकै चिन्तित हुनुभएको थियो । त्यो पीडा हटाउने गरी आवास निर्माण प्राथमिकतामा राख्नु भएको हो,” सांसद भट्टका स्वकीय सचिव नितिश कुमार भट्टले भने ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ मा ५०–५० लाखका दुई ठूला योजनासहित कम्तिमा १० लाखभन्दा बढीका योजना छनोट गर्नुपर्ने प्रावधान छ ।

साँसद भट्टले आवाश निर्माण सहित शिक्षा, स्वास्थ्य, सिँचाई र विपद् व्यवस्थापनलाई मध्यनजर गरी योजना छनौट गरेका छन् । दुबै तहका सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउन योजना छनौट गरिएका छन् ।

निर्वाचनका क्रममा डा. भट्टले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, मझगाउँ विमानस्थल सञ्चालन, महाकाली कोरिडोर निर्माण, महाकाली अञ्चल अस्पतालालाई शिक्षण अस्पताल बनाउने, गरिब तथा भूमिहिन परिवारको व्यवस्थानि गरिने लगायतका प्रवितबद्धता गरेका थिए । साँसद भट्टका स्वकिय सचिव भट्टले निर्वाचनमा गरिएका प्रतिवद्धता अनुसार ठूलो आयोजनाको लागि साँसदले पहलकदमी गरिरहेको जानकारी दिए ।

डा. भट्टको पहलमा दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकीको सम्भाव्यता अध्ययन, महाकाली कोरिडोरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया सुरु, महाकाली अञ्चल अस्पतालमा चिकित्सक दरबन्दी बढाउन पहल लगायतका कार्य गरिएका छन् ।

डा. भट्टको पहलमा अस्पतालमा १२ डाक्टर पुगेका छन् । साँसद भट्टको पहलमा शुक्लाफाँटा पर्यटन मार्गको विस्तृत परियोजना (डिपिआर) बनाउने योजना रातो किताबमा समावेश गरिएको छ ।

सुदूरपश्चिम प्रदेशलाई भारत र चीनको त्रिदेशशीय नाका बनाउने लक्ष्यसहित महाकाली कोरिडोर निर्माण गर्न लागिएको हो । नेकपाका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको पालामा २०६६ मा कोरिडोर निर्माण सुरु गरिएको हो । ब्रह्मदेवबाट दार्चुलाको टिङ्कर हुँदै तिब्बत जोड्ने लक्ष्य राखिएको छ ।

 

Logo