बारा

उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठग्ने चार वटा पेट्रोल पम्प कारबाहीमा परेका छन् । "/>

उपभोक्ता ठग्ने चार वटा पेट्रोल पम्पलाई कारबाही

उपभोक्ता ठग्ने चार वटा पेट्रोल पम्पलाई कारबाही

केन्द्रबिन्दु
0
Shares

बारा

उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठग्ने चार वटा पेट्रोल पम्प कारबाहीमा परेका छन् । गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगन्जले गरेको अनुगमनका क्रममा कलैया उपमहानगरपालिका क्षेत्रमा रहेका ती पम्पहरुले उपभोक्तालार्इ ठगी गर्ने गरेको खुलेको हो । ठगी गर्ने पम्पहरुमा शिलबन्दी गरी बिक्री बितरणमा रोक लगाएको गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शशिभुषण कुमार यादवले बताए ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अमित आयल स्टोर र वडा नम्बर १३ मा रहेको विजय आयल स्टोर, वडा नम्बर १४ मा रहेको महम्मद आयल स्टोर तथा सोही स्थानको शिवशंकर ट्रेडर्सले उपभोक्ता ठग्ने गरेको अनुगमनका क्रममा खुलासा भएको हो ।

अनुगमनको क्रमका कारबाहीमा परेका पम्प सञ्चालकहरुले थप उपकरण जडान गरी कम तेल दिने गरेको, नम्बरिङ्ग भएको पुरानो मिटरमा थप गेयर जडान गरी उपभोक्ताहरुलाई ठग्ने गरेको यादवले बताए । ‘एस्टेन्डर नापतौल ऐन २०५५ बमोजिम पेट्रोल पम्पहरुबाट निस्कने १० लिटर पेट्रोलियम पदार्थलाई चेकजाँच गर्दा २५ मिलि लिटर भन्दा थपघट भएमा त्यसलाई समान्य मान्ने गरिएको छ,’ प्रमुख यादवले भने, ‘अनुगमनको क्रममा पम्पबाट १० लिटर पेट्रोलिय पदार्थ लिएर चेकजाँच गर्दा २५ मिलि लिटर भन्दा बढी मात्रामा थपघट भएका पम्प सञ्चालकहरुलार्इ कारबाही गर्ने व्यवस्था रहेको छ।’
नागरिकबाट

Logo