काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो निकै लोकप्रिय स्मार्टफोन, एथ्रीएस (थ्रीजीबी) को मूल्यमा १ हजार ९ सय रुपैयाँ कटौती गरेको छ । "/>

ओपोको एथ्रीएस मोवाईल अब २४ हजार ५ सयमा

ओपोको एथ्रीएस मोवाईल अब २४ हजार ५ सयमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो निकै लोकप्रिय स्मार्टफोन, एथ्रीएस (थ्रीजीबी) को मूल्यमा १ हजार ९ सय रुपैयाँ कटौती गरेको छ । यसै वर्षको मध्य सेप्टेम्बरमा मूल्य रु २६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्त फोन अब २४ हजार ५ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ ।

सुपर फुल स्क्रिनसहित सार्वजनिक गरिएको एथ्रीएस, ए सिरिज अन्तर्गतकै पहिलो उपकरण हो । कम्पनीले १६ नोवेम्बरदेखि नै एथ्रीएसका लागि नयाँ मूल्य लागू गरिसकेको छ ।

फोनका विशेषताः


एथ्रीएस दक्षिण एसियामै १३+२ एमपी डुअल रियर क्यामेरासहित सार्वजनिक ओपोको पहिलो उपकरण हो । फोनको १३ एमपी क्यामेरामा एफ/२.२ एपर्चर तथा २ एमपी क्यामेरामा एफ/२.४ एपर्चर (सेन्सर एलईडी फ्ल्याश सहित) र सेल्फी तथा भिडियो च्याटका लागि एआई ब्यूटी प्रविधि तथा एफ/२.२ एपर्चर सहितको ८ एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

३ जीबी र्‍याम र ३२ जीबी सञ्चय क्षमता, क्वालकम स्न्याप ड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नवप्रबर्तनात्मक फिचर्स रहेको छ । ४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडित एथ्रीएस मा कलर ओएस ५.१ मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

१५६.२X७५.६X८.२ एमएम आयामको एथ्रीएसको वजनजम्मा १ सय ६८ ग्राम रहेको छ । फोनको सेन्सर अनबोर्डमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, जी सेन्सर र एक्सेलेरोमिटर लगायत सुविधा जडित छन् ।

ओपोले एथ्रीएस मार्फत बिल्कुलै नयाँ फञ्सनका रुपमा म्यूजिक पार्टी पनि उपलब्ध गराएको छ । यस फञ्सनको माध्यमबाट हटस्पट मार्फत आ–आफ्नै स्मार्टफोनमा एउटै ट्रयाकको मज्जालिन सक्नु हुन्छ ।

स्पिकरको प्रयोग गर्न नसकिने स्थानमा म्यूजिक पार्टी, संगीतको मज्जालिन एउटा सटिक माध्यमका रुपमा स्थापित हुन सक्छ । तर, यसको प्रयोगका लागि कलर ओएस ५.१ वा माथिल्ला ओएस भर्जन आवश्यक हुन्छ ।

Logo