जोशी हाइड्रोपावरको आइपीओ आउँदै

जोशी हाइड्रोपावरको आइपीओ आउँदै

केन्द्रबिन्दु
0
Shares

जोशी हाइड्रोपावर कम्पनीले मंसिर १६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता आइपीओ जारी गर्न लागेको हो ।  
 
जसमा ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता कित्ता सेयर ‘म्युचुअल फन्ड’लाई छुट्याएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री गर्न लागेको हो ।
 
जोशीको आइपीओमा मंसिर १९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आबेदन दिन सकिन्छ । आइपीओ ब्यबस्थापनको जिम्मा सिद्धार्थ क्यापिटलले पाएको छ।  
 
कम्पनीले इलाम जिल्लामा अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।
 
कम्पनीले आव २०७६/७७ मा १ करोड ८९ लाख र आव २०७७/७८ मा २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, प्रतिसेयर आम्दानी आव २०७६।७७ मा ५ रुपैयाँ १२ पैसा र आव २०७७।७८ मा ६ रुपैयाँ ४ पैसा पुग्ने प्रक्षेपण छ ।
 
आइपीओ बिक्रीपछि कम्पनीको सेयर पुँजी ३७ करोड १४ लाख रुपैयाँ पुग्ने छ ।

Logo