भारतीय नम्वर एक कम्पनी क्रम्पटन नेपाली बजारमा पनि लोकप्रिय बन्न थालेको छ । करिव एक सय ३० वर्ष पुरानो यो कम्पनीका विशेषगरी वाटर पम्प, गिजर, पँखा, कुलर, मिक्सर, आइरनलगायतका सामानहरु नेपाली बजारमा लोकप्रिय छन् । "/>

लोकप्रिय बन्दै क्रम्पटनका गिजरहरु

लोकप्रिय बन्दै क्रम्पटनका गिजरहरु

केन्द्रबिन्दु
0
Shares

भारतीय नम्वर एक कम्पनी क्रम्पटन नेपाली बजारमा पनि लोकप्रिय बन्न थालेको छ । करिव एक सय ३० वर्ष पुरानो यो कम्पनीका विशेषगरी वाटर पम्प, गिजर, पँखा, कुलर, मिक्सर, आइरनलगायतका सामानहरु नेपाली बजारमा लोकप्रिय छन् । नेपालमा क्रम्पटन ब्राण्डका सामानहरुको बिक्री वितरण इशान एस्क्वाएर इन्टरप्राइजेजले गर्दै आएको छ ।

लोकप्रिय गिजरहरु

क्रम्पटन कम्पनीका हाल उपलब्ध भएका गिजरहरु २ प्रकारका छन् । नेपाली बजारमा अहिले आर्नोनियो, एमिका, सोलारियम, म्याग्ना, ब्लिस र रेडियन्ट नामका गिजरहरु छन् । ६ वटा मोडल भएका यी गिजरहरु इलेक्ट्रिक गिजर १, ३, १०, १५, २५, ३५ र ५० लिटर सम्मका गिजरहरु उपलब्ध रहेको एसइभी इन्टरप्राइजेजका प्रमुख संजय श्रेष्ठले जानकारी दिनुभयो । क्रम्पटनका गिजरहरुहरुको लुक्स पनि आकर्षक छ । विधुतीय माध्यमबाट चल्ने यी गिजरले दुई हजार वाट विजुली खपत गर्दछ ।

इन्स्ट्यान्ट गिजर

यस प्रकारको गिजरमा पानी तुरुन्त तातो हुन्छ । यो गिजरमा पानी तताउन पनि सरल र सहज छ । अर्को कुरा मानिसलाई समयको अभाव भइरहने हुँदा र पानी तताउनकै लागि भनेर समय खर्चिनु पर्दैन । यो गिजरलाई धैरैजसो किचेनमा प्रयोग गर्न सकिन्छ । यसका साथै बाल्टिनमा तातोपानी उमालेर नुहाउने कामका लागि यो बढी उपयुक्त हुने गर्छ ।

स्टोरेज वाटर गिजर

यस प्रकारको गिजरमा ७२ घण्टासम्म पानी तातो भइरहन्छ । यस प्रकारका गिजरहरु १०, १५, २५, ३५ र ५० लिटर सम्मको क्षमतामा उपलब्ध छ । यस्तो खालको गिजरमा पानी तताउन विधुत जडान सुरु भएपछि आवश्कताअनुसार पानीको तापमानमा पुगेपछि आफै बन्द हुने गर्दछ । त्यस पश्चात पानी प्रयोग भएमा पानीको ताप मापन घट्नासाथ त्यो उपकरण पुनः आँफै चालु भई पानी तातिन सुरु हुनेछ । तर यही प्रक्रियाबाट यसले निरन्तर तातेपानी सप्लाई गर्दछ ।

यी गिजरहरु ८ बार र १० बारमा उपलब्ध हुन्छ । धेरै मात्रामा अग्ला–अग्ला घरहरुमा १० बार प्रेसरको गिजर प्रयोग हुने गर्छ । यसले पानीको प्रेसरलाई पनि थेग्ने गर्दछ । यो गिजरमा सिसाको चौतर्फी पर्खाल हुन्छ । त्यसैले यो गिजर नेपाली मार्केटमा नम्बर एकको रुपमा रहेको छ । र यसको माग पनि बढी रहेको कम्पनीले जनाएको छ ।

यसको ट्याङ्कीमा नानो पोलिमर कोटेड हुन्छ । यसले गर्दा ट्याङ्कीलाई खिया लाग्नबाट बचाउने काम गर्दछ । जसको कारणले गर्दा लामो समयसम्म ट्याङ्कीको प्रयोग गर्न सकिन्छ ।
क्रम्पटन ब्राण्डका गिजरहरुको सुरक्षाका लागि उच्चतम प्रविधिको प्रयोग गरिएको छ । जसले गर्दा केही कारणवस ट्याङ्कीभित्र अनावश्यक प्रेसर (चाप) उत्पन्न हुन गएको खण्डमा मल्टिफङ्सन सेफ्टी भल्बले अनावश्यक चापलाई रिलिज गर्ने गर्दछ ।

स्मरणहोस् १० बार गिजर बनाउने क्रम्पटन मात्रै एक कम्पनी हो ।

Logo