विराटनगर

भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर आउने क्रममा नेपाली ट्यांकर चालक कुटिएको घटनामा भारतीय पक्षले गल्ती स्वीकारेको छ । "/>

जोगवनीबाट इन्धन ढुवानी सुचारु : भारतीयले गल्ती स्वीकारे

जोगवनीबाट इन्धन ढुवानी सुचारु : भारतीयले गल्ती स्वीकारे

केन्द्रबिन्दु
0
Shares

विराटनगर

भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर आउने क्रममा नेपाली ट्यांकर चालक कुटिएको घटनामा भारतीय पक्षले गल्ती स्वीकारेको छ । जोगवनीमा सोमबार दिउँसो नेपाल–भारतका अधिकारीको वार्तामा भारतीय पक्षले गल्ती स्वीकारेको हो । भारतीय पक्षले आगामी दिनमा कुनै किसिमको दुव्र्यवहार नगर्ने प्रतिवद्धता पनि जनाएको छ ।

भारतीय पक्षले गल्ती स्वीकारेपछि चालकले आफ्नो आन्दोलन फिर्ता लिएर पेट्रोलियम ढुवानीलाई दुई दिनपछि सुचारु गरेका छन् । जोगवनीमा ट्यांकर चालकमाथि त्यहाँका सुरक्षाकर्मीबाट भएको कुटपिट र दुर्व्र्यवहारको विरोधमा उत्रिएका नेपाली ट्यांकर चालकले इन्धन ढुवानी नै ठप्प पारेर आन्दोलन सुरु गरेका थिए ।

भारतको बरौनीबाट पेट्रोल लोड गरी नेपाल आउँदै गरेको को १ ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमारमाथि गत शनिबार बिहान ४ बजे भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका थिए ।

त्यस घटनापछि आक्रोशित बनेका चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने, नेपाली ट्यांकर चालक माथिको दुव्र्यवहार रोकिनु पर्ने, चालकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनु पर्ने लगायत माग राखेर इन्धन ढुवानी रोकेका थिए ।

चालकहरुले नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरको डिपोबाट समेत पूर्वका विभिन्न ठाउँमा रहेका पेट्रोल पम्पसम्म पनि लोड–अनलोड नगरिदिँदा इन्धनको अभाव सुरु हुन थालेको थियो । चालकको आन्दोनलका कारण नेपालबाट इन्धन लिनका लागि गएका एक सय ७० वटा ट्यांकर भारतको बथनाहा, मीरगन्ज र जोगवनीमै रोकिएका थिए ।
अन्नपूर्णबाट

Logo