काठमाडौं

पशुपन्छी दाना उद्योगमा अग्रणी कम्पनी निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिज प्रा.लि.ले आव ०७३ / ७४ मा कृषिजन्य उधोग अन्तर्गत सबैभन्दा बढी कर तिरेको छ । "/>

कृषिजन्य उद्योग अन्तर्गत सबैभन्दा बढी कर तिर्नेमा निम्बस प्रोबायोटेक

कृषिजन्य उद्योग अन्तर्गत सबैभन्दा बढी कर तिर्नेमा निम्बस प्रोबायोटेक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पशुपन्छी दाना उद्योगमा अग्रणी कम्पनी निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिज प्रा.लि.ले आव ०७३ / ७४ मा कृषिजन्य उधोग अन्तर्गत सबैभन्दा बढी कर तिरेको छ ।

सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रोबायोटेक ईण्डष्ट्रिज प्रा.लि का कार्यकारी निर्देशक डा दिनेश गौतमलाई सम्मानपत्र प्रदान गरे ।

सरकारले गत आर्थिकवर्ष ०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन् ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । त्यही समयमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको हो ।

आर्थिक बर्ष ०७३/०७४ मा कृषिजन्य उधोग अन्तर्गत मुलुककै उत्कृष्ट करदाताको रुपमा प्रोबायोटेक ईण्डष्ट्रिज प्रा.लि.लाई सरकारको तर्फबाट सम्मानित गरिएको हो । कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो ।

 

Logo