काठमाडौं । जब जाडो शुरु हुन्छ तब हामीलाई पानीदेखी डर लाग्न थाल्छ । चिसो पानीकै कारण रुघाखोकी लाग्नुका साथै घाटीको समस्या समेत हुने गर्छ । "/>

जाडोमा पानीदेखि डर लाग्छ ? तपाईको डर भगाउने साधन हो गिजर

जाडोमा पानीदेखि डर लाग्छ ? तपाईको डर भगाउने साधन हो गिजर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जब जाडो शुरु हुन्छ तब हामीलाई पानीदेखी डर लाग्न थाल्छ । चिसो पानीकै कारण रुघाखोकी लाग्नुका साथै घाटीको समस्या समेत हुने गर्छ । यस्तो समस्याबाट बच्न हामीलाई जाडो मौसममा उमालेको पानीको जरुरत पर्छ । त्यसका लागि हामी विभिन्न तरिकाले पानी तताउन सक्छौं ।

आजभोली बजारमा पानी तताउने, उमाल्ने र त्यसलाई लामो समय सम्म सुरक्षित राख्ने विभिन्न उपकरण सहजै पाउन सकिन्छ । तातो पानी सुरक्षित राख्नका लागि मात्र त बजारमा विभिन्न साईज र भेराईटिजका थुप्रै थर्मसहरु पाईन्छन् । तर पानी चाहिँ केमा र कसरी तताउने त ? यो विषयले धेरैलाई पिरोल्ने गरेको पाईन्छ । यस समस्यको गतिलो समाधान हो गिजर ।

वजारमा विभिन्न भेराईटीजमा गिजर उपलब्ध छन् । जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गर्दा आफैलाई दुःख हुन्छ । पहिलो कुरा त हामीले गिजर के हो ? र यसले कसरी काम गर्छ त ? भन्ने कुराको राम्रोसँग ज्ञान लिनु राम्रो हुन्छ ।

के हो त गिजर ?


तातो पानी उमाल्नका लागि प्रयोग गरिने एक किसिमको मेसिनरी उपकरण हो गिजर । यसले बाह्य उर्जाको माध्यमबाट चिसो पानीलाई तताउने गर्छ । यसमा मुख्यत तीन भाग हुन्छन् । तताउने उपकरण, पानी ट्यांकी र थर्मोस्टाट । तताउने उपकरणले ऊर्जा लिएर पानी तताउँदै ट्यांकीमा राख्छ र कति समय र कति तापक्रमसम्म तताउने भन्ने कुराको लेखाजोखा चाहिँ थर्मोस्टाटले राख्छ ।

गिजरको सबैभन्दा महत्वपूर्ण भाग नै पानी तताउने उपकरण हो यसलाई ‘हिटिंङ इलिमेन्ट’ पनि भनिन्छ । गिजरले पानी कत्तिको चाँडो र कुशलताकासाथ तताउन सक्छ भन्ने कुरा यहि हिटिङ इलिमेन्टको गुणस्तरले निर्धारण गर्छ । यस उपकरणको भित्री भागमा सिसाको चौतर्फी पर्खाल हुन्छ, जसले चाँडो पानी तताउन सहयोग गर्छ ।

पानी ट्यांकीमा तातिसकेको पानी गिजरको पानी ट्यांकीमा गएर बस्छ । त्यसैले उक्त ट्यांकी खियाप्रतिरोधी र टिकाउ हुनु आवश्यक छ । विशेषत गिजरमा दुई प्रकारका ट्यांकी रहन्छन् ।

स्टिलबाट बनेको ट्यांकीः
स्टिलबाट बनेका गिजरको प्रयोग कमै हुन्छन् । कारण यस्ता ट्यांकीमा अधिक मात्रामा खिया लाग्ने गर्दा उपभोक्ताहरु यसको खासै प्रयोग गर्न रुचाउदैनन् । अर्को भनेको यसको आयु पनि छोटो हुन्छ ।

पोलिमर ट्यांकीः
स्टिल ट्यांकीको तुलनामा पोलिमर ट्यांकी टिकाउ र भरपर्दो हुन्छ । यसमा खिया नलाग्ने हुँदा विश्वशियनिता पनि बढि नै हुन्छ । स्टिल ट्यांकीको भित्री भागलाई सिसा जस्तै देखिने खिया प्रतिरोधी पोलिमरको लेप लगाएपछि उक्त ट्यांकीको खिया लाग्ने समस्या समाधान हुन्छ । यस्ता ट्यांकीहरू निकै टिकाउ पनि हुन्छन् । ५ देखि ७ वर्षसम्मको वारेन्टीकासाथ आउँछन् ।

अर्को गिजरको महत्वपूर्ण पार्ट भनेको थर्मोस्टाट हो । यसलाई गिजरको मस्तिष्क समेत मान्ने गरिन्छ । किनकी यसले कति बेला पानी तताउन सुरु गर्ने र कति बेला बन्द गर्ने भन्ने कुरा निर्धारण गर्छ । कति तापक्रमसम्म पानी तताउने भन्ने कुराको लेखाजोखा समेत थर्मोस्टाटले नै राख्ने गर्छ ।

हाल बजारमा विद्युतीय र ग्यास गरि दुई किसिमका गिजर पाईन्छन् । गिजरका प्रकार पानी तताउनका लागि प्रयोग गर्ने ऊर्जा स्रोतका आधारमा छुट्टाइएको छ । विद्युतीय र ग्यास गिजर । विद्युतीय गिजरले पानी तताउनका लागि विद्युतको प्रयोग गर्छ भने ग्यास गिजरले साधारण खाना पकाउने एलपीजी ग्यास ।

दुवै गिजरका फाइदा र बेफाइदा छन् । तर, सहजता, स्थापना मूल्य र सुरक्षाका आधारमा विद्युतीय गिजर खरिद गर्नु उचित हुन्छ । ग्यास गिजरले पानी चाँडो तताउने गर्छ तर यसलाई छुट्टै भेन्टिलेसन र ठूलो स्थानको आवश्यकता पर्दछ ।

त्यसमा पनि स्टोरेज र इन्सट्यान्ट गरी दुई भेरियन्टमा उपलब्ध गराइएको छ । इन्सट्यान्ट गिजरमा पानी तताएपछि राख्नका लागि कुनै ट्यांकी हुँदैन भने, इन्सट्यान्टमा रहने गर्छ । पानी भण्डार गर्ने ट्यांकी नभएको गिजरको आयु ट्यांकी भएको गिजरको तुलनामा धेरै हुन्छ । यस्ता गिजर साना हुन्छन् । इन्स्टल गर्न पनि सजिलो हुन्छ । तर विद्युतीय आवश्यकता चाहिँ उच्च हुन्छ । यस्ता गिजर १ देखि १० लिटर क्षमतामा उपलब्ध छन् ।

नेपाली बजारमा गिजरको मूल्य

बजारमा गिजरको मूल्य गिजरको प्रकार, ब्राण्ड र क्षमताका आधारमा निर्धारण हुन्छ ।

ग्यास गिजर                       ६ लिटर        नेरु ६,५००–८,५००
विद्युतीय इन्सट्यान्ट गिजर    १ लिटर        नेरु ७,०००
विद्युतीय इन्सट्यान्ट गिजर    ३ लिटर        नेरु ८,५००–१०,०००
विद्युतीय स्टोरेज गिजर        १५ लिटर       नेरु  १०,०००–१४,०००
विद्युतीय स्टोरेज गिजर        २५ लिटर        नेरु १५,०००–२५,०००

 

 

Logo