मेगा क्यापिटल संचालन गर्न अनुमति

मेगा क्यापिटल संचालन गर्न अनुमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्न सैद्दान्तिक अनुमति दिएको छ ।

मेगा बैंककै पुर्ण स्वामित्वमा सहायक कम्पनीको रुपमा मेगा क्यापिटल मार्केट्स सञ्चालन हुन लागेको हो । यसको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । मेगा क्यापिटलले त्रिपुरेश्वरस्थित साकेत कम्प्लेसमा रहेको कर्पोरेट कार्यालयबाट आफ्नो व्यवसाय सञ्चालन गर्ने छ । 

मेगा क्यापिटल सञ्चालनमा आएपछि निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्श जस्ता सम्पूर्ण मर्चेन्ट बैंकिङ सेवा एकै स्थानबाट प्रदान गर्न सकिनेछ ।

Logo