आइएमई जनरल इन्सुरेन्सले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १० बराबर ८ को अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । "/>

आइएमई जनरल इन्सुरेन्सले ८० प्रतिशत हकप्रद दिने

आइएमई जनरल इन्सुरेन्सले ८० प्रतिशत हकप्रद दिने

केन्द्रबिन्दु
0
Shares

आइएमई जनरल इन्सुरेन्सले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १० बराबर ८ को अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले उक्त हकप्रद सेयर बिक्री गर्नको लागि मंसिर नौं गते आइतबार बुक क्लोव गर्ने जनाएको छ ।  यस अनुसार मंसिर ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीले चालु आव २०७५/७६ को पहिलो त्रैमासमा दुई करोड ६१ लख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ भने प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ ।

Logo