वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी मुनाफा कमाउने बैंक बन्न सफल भएको छ राष्ट्रिय वाणिज्य बैंक। "/>

मुनाफा र निक्षेपमा राष्ट्रिय वाणिज्य बैंक पहिलो

मुनाफा र निक्षेपमा राष्ट्रिय वाणिज्य बैंक पहिलो

केन्द्रबिन्दु
0
Shares

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी मुनाफा कमाउने बैंक बन्न सफल भएको छ राष्ट्रिय वाणिज्य बैंक।

साेमबार प्रकाशित प्रकाशित गरेको आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार  चालू आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले एक अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको खुद नाफा ७० करोड ९५ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले नेपाल फाइनान्सिङ रिर्पोटिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसार  बैंकको लाभांश क्षमता फ्रि प्रोफिट ७२ करोड २३ लाख मात्र रहेको उल्लेख छ । बैंकको गत आवको प्रथम त्रैमासमा ७० करोड ९५ लाख बराबरको लाभांश क्षमता रहेको थियो ।

बैंकले चालू आवको प्रथम त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी त्रैमासिक रुपमाम १२ रुपैयाँ ४३ पैसा अर्थात वार्षिक ४९ रुपैयाँ ७२ पैसा कायम भएको छ । एनआईडिसीलाई प्राप्तीपश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जगेडा कोषमा १२ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले १४१ प्रतिशत बढीले जगेडा कोषको आकार बढाएको हो । गत आवको तुलनामा बैंकले ७ अर्ब ३५ करोड ६७ लाखले जगेडा कोष सुधार गरेको छ ।  वाणिज्य बैंकको प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ ३७ पैसा रहेको छ ।

बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै एक खर्ब ६४ अर्ब १६ करोड ८० लाख निक्षेप संकलन तथा एक खर्ब २३ अर्ब ९० करोड ८९ लाख कर्जा लगानी गरेको छ । कर्जा प्रवाहमा भने एनआइसी एशिया, नबिल र इन्भेष्टमेन्ट बैंकभन्दा पछाडि परेको छ ।

वाणिज्य बैंकले आफ्नो व्यवसाय विस्तारलाई बढाएर दुई अर्ब ६० करोड ६४ लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ । तीन अर्ब ७१ करोड ९१ लाख ब्याज आम्दानी गरेको यस बैंकले एक अर्ब १२ करोड २६ लाख ब्याज खर्च गरेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४८.९४ प्रतिशतले बढेको हो । बैंकको कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत रहेको बैंकले अझै प्रशस्त कर्जा विस्तार गर्ने ठाउँ रहेको छ । बैंकको पूँजी कोष १३.७५ प्रतिशत रहेकाले पनि बैंकलाई त्यो स्थान रहेको देखिन्छ ।

Logo