सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबारदेखि आइपीओ जारी गरेको छ । गत बर्ष घोषणा भएर पनि अन्तिममा रोकिएको आइपीओ यो बर्ष खुलेको हो। "/>

सामुदायिक लघुवित्तको आइपीओ कति भर्दा उपयुक्त ?

सामुदायिक लघुवित्तको आइपीओ कति भर्दा उपयुक्त ?

केन्द्रबिन्दु
0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबारदेखि आइपीओ जारी गरेको छ । गत बर्ष घोषणा भएर पनि अन्तिममा रोकिएको आइपीओ यो बर्ष खुलेको हो।  

कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गरेको हो । लगानीकर्ताले छिटोमा मङ्सिर ५ सम्म र ढिलोमा पुस २ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतंम ५० कित्ता र अधिकतम १५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर ५० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन।

लगानीकर्ताले आश्वा सदस्य रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्ने छ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

Logo