पोखरा । मर्मतका लागि भन्दै पोखरा विमानस्थल आजदेखि दैनिक १५ घण्टा बन्द हुनेछ । पोखरा विमानस्थलको धावनमार्गको मर्मतका लागि दैनिक १५ घण्टा विमानस्थल बन्द गरिएको हो । "/>

आजदेखि पोखरा विमानस्थल दैनिक १५ घण्टा बन्द

आजदेखि पोखरा विमानस्थल दैनिक १५ घण्टा बन्द

केन्द्रबिन्दु
0
Shares

पोखरा । मर्मतका लागि भन्दै पोखरा विमानस्थल आजदेखि दैनिक १५ घण्टा बन्द हुनेछ । पोखरा विमानस्थलको धावनमार्गको मर्मतका लागि दैनिक १५ घण्टा विमानस्थल बन्द गरिएको हो ।

धावनमार्गमा ठाउँमा चर्किने र गिटीहरू उप्किन सुरू भएपछि मर्मत गर्न लागेको हो । आजदेखि दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म विमानस्थल मर्मतका लागि बन्द गरिएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईंले जानकारी दिए।

उनले दिउँसो ३ बजेदेखि राति १० बजेसम्म धावनमार्ग, पार्किङ क्षेत्र लगायतमा काम हुने र राति १० बजेपछि सुकाउने काम हुने बताए। विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम अघि बढेको उनले बताए ।

१५ दिनमा सबै काम सकिने र धावनमार्गभन्दा बाहिरको बाटो पिच गर्ने काम भने १ महिनासम्म चल्नेछ। धावनमार्गको मर्मत र थप पिच गर्नका लागि १ करोड ९० लाख खर्च लाग्नेछ ।

पोखरा विमानस्थलबाट अहिले दैनिक २ सय ६० उडान हुँदै आएका छन्। पोखराबाट दैनिक काठमाडौं, मुस्ताङ, भरतपुर, बुटवल उडान हुँदै आएका छन्। पोखराबाट बुद्ध एयर, यती एयर, सिम्रिक एयर, तारा एयर, नेपाल एयरलाइन्स लगाएतका कम्पनीले उडान भर्दै आएका छन्। त्यसैगरी, पोखराबाट माउन्टेन फ्लाइटका लागि हेलिकप्टर, अल्ट्रालाइट र जहाजले पनि उडान भर्दै आएका छन् ।

 

Logo