काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चालु आव २०७५/७६ को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेकोे छ । "/>

राष्ट्रिय बीमा संस्थानको आकार साढे दुई अर्बले बढेर १६ अर्ब पुग्यो

राष्ट्रिय बीमा संस्थानको आकार साढे दुई अर्बले बढेर १६ अर्ब पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चालु आव २०७५/७६ को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेकोे छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कोषको आकार साढे दुई अर्बले बढाएर १६ अर्ब २१ करोड ३९ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनिले अघिल्लो वर्षको सोहि अवधिमा खुुद आम्दानी १३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ रहेकोे थियो ।

कम्पनीले पहिलो त्रैमासको अवधिमा ७८ करोड ५९ लाख खुद बीमा शुल्क आर्जन गरेर ६२ करोड ८४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने अघिल्लो वर्षको सोहि अवधिमा यस कम्पनीले ६४ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेर ७३ करोड १५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले पाँच करोड ८८ लाख रुपैयाँ लगानी तथा कर्जा प्रवाह गरि ३६ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै एक अर्ब ३२ करोड ४४ लाख बीमालेख धितोमा कर्जा प्रवाह गरेर दुई करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

१८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १७ करोड ४१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

 

 

Logo