काठमाडौं

गएको हप्ता अमेरिकी डलरसँगै अरु विदेशी मुद्राको भाउमा केही कमी आएको छ । हप्ताको पहिलो दिन आइतबार अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ६९ पैसा रहेकोमा हप्ताको अन्तिम दिन शुक्रबार खरिददर ११४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४८ पैसामा पुगेको थियो । "/>

अमेरिकी डलरसँगै अन्य विदेशी मुद्राको पनि मूल्य घट्यो

अमेरिकी डलरसँगै अन्य विदेशी मुद्राको पनि मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गएको हप्ता अमेरिकी डलरसँगै अरु विदेशी मुद्राको भाउमा केही कमी आएको छ । हप्ताको पहिलो दिन आइतबार अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ६९ पैसा रहेकोमा हप्ताको अन्तिम दिन शुक्रबार खरिददर ११४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४८ पैसामा पुगेको थियो ।

यस्तै आइतबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ८४ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ रहेकोमा शुक्रबार खरिददर ३० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ७८ पैसा तोकियो । कतारी रियालको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आइतबार कतारी रियालको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेकोमा शुक्रबार खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

यसैगरि आइतबार युएई दिराम १ को खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेकोमा शुक्रबार खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसामा झरेको थियो भने आइतबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रीदर २७ रुपैयाँ ८२ पैसा रहेकोमा शुक्रबार खरिददर २७ रुपैयाँ ४० पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा कायम रह्यो ।

Logo