काठमाडौँ

उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्ने पेट्रोलपम्पहरुलाई इन्धन उपलब्ध नगराउन नेपाल आयल निगमले मातहतका डिपोहरुलाई निर्देशन दिएको छ । "/>

ठग पम्पलाई इन्धन नदिन आयल निगमको निर्देशन

ठग पम्पलाई इन्धन नदिन आयल निगमको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्ने पेट्रोलपम्पहरुलाई इन्धन उपलब्ध नगराउन नेपाल आयल निगमले मातहतका डिपोहरुलाई निर्देशन दिएको छ ।

निगमले आधुनिक प्रविधि मार्फत केही पेट्रोल पम्पमा जडान भएको डिस्पेन्सिङ नोजलबाट उपभोक्तालाई कम परिमाणमा तेल दिएको बारे गम्भिर ध्यानाकर्षण भएको र सो को नियन्त्रणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोकारवाला निकायबीच छलफल गरिए अनुरुप विभिन्न निर्देशन दिएको जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव लगायत मन्त्रालयका सचिव निगमका प्रमूख तथा गुणस्तर तथा नापतौल विभाग प्रमूख सम्मिलित बैठकले कैफियत पाइएका पम्पलाई अर्को निर्णय नभएसम्मका लागि डिजेल, पेट्रोल बिक्री वितरणमा रोक लगाउने लगायतका विभिन्न निर्णय गरेको हो ।

वाणिज्य विभाग लगायत निकायले अनुगमन गर्दा विभिन्न पेट्रोल पम्पका डिस्पेन्सिङ मेसिनमा अत्याधुनिक प्रविधि प्रयोग गरी बिक्रीमा ठगी गरेको पाइएको थियो । खास गरी गिलबार्को कम्पनीका डिस्पेन्सर निर्माणकै क्रममा कम परिमाण दिने गरी बनाएको पाइएको थियो ।
नागरिकबाट

Logo