(रामजी बलामी)

वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको प्रगति विवरण सार्वजनिक क्रम जारी छ । "/>

नबिल बैंकले छलाङ मार्दा कुन बैंकले कति कमायो नाफा ?

नबिल बैंकले छलाङ मार्दा कुन बैंकले कति कमायो नाफा ?

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको प्रगति विवरण सार्वजनिक क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको वित्तीय विवरण अनुसार नबिल बैंकले सर्वाधिक नाफा कमाएको देखिन्छ । हेरौं बैंकहरुले पहिलो त्रैमासिक अवधिमा कमाएको मुनाफा ।

नबिल बैंक

नबिल बैंकले उल्लेख्य प्रगति हासिल गरेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नै यो बैंक अर्बपति क्लबमा प्रवेश गरेको छ । गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकले २३ प्रतिशतले मुनाफा बढाउदै १ अर्ब ५ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको यस अवधिमा ८५ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा ९३ करोड पुगेको छ । यस अवधिमा बैंकले १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरि १ खर्ब २८ अर्ब कर्जा तथा लगानी परिचालन गरेको छ । बैंकले १ अर्ब ८५ करोड खुद ब्याज आम्दानि गरेको छ । ८ अर्ब ४ करोड चुक्ता पुंजी भएको नबिल बैंकले जगेडा कोष रकम पनि दोब्बरले बढाएको छ। गत आर्थिक बर्षको यस अवधिमा रहेको ६ अर्ब ९० करोड जगेडा कोष रकमलाई बढाएर १३ अर्ब ७९ करोड पुर्याएको छ।

सेन्चुरी बैक

सेन्चुरी कमर्शियल बैकले उल्लेख्य प्रगति गरेको वित्तीय विवरण प्रकाशन गरेको छ । बैकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा झन्डै शतप्रतिशतले खुद मुनाफा बढाएको छ । बैंकले गत आर्थिक बर्षको यस अवधिमा १३ करोड ३८ लाख रुपैंया खुद मुनाफा आर्जन गरेकोमा यस चालू आर्थिक बर्षको पहिलो तिन महिनामा २७ करोड रुपैंया खुद मुनाफा गरेको छ । बैंकको वितरणयोग्य मुनाफा २० करोड रुपैंया छ ।

यस अवधिमा बैंकले ६२ अर्ब ३७ करोड रुपैंया निक्षेप संकलन गरि ५८ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ । गत बर्षको अवधिसंगको तुलनामा बैंकले निक्षेप ३८.५ र कर्जा प्रवाह ४२.५ प्रतिशत वृद्धि गरेको छ । बैंकले गत बर्षको तुलनामा १८ अर्बले कर्जा लगानी बृद्धि गर्दा खुद ब्याज आम्दानी ३४ करोडले बढेको देखिन्छ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ६ करोड छ भने जगेडा कोषमा १ अर्ब ३८ करोड छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले पहिलो त्रैमासिकमा नाफामा ३४.३८ प्रतिशतले बृद्धि गरेको छ । बैंकले ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ नाफा कमाएको हो ।

बैंक अफ काठमाडौं

बैंक अफ काठमाडौंले सार्वजनिक गरेको चालू आर्थिक बर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार ३८ करोड ६० लाख रुपैंया आम्दानी गरेको छ । यो गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा खुद मुनाफा ७२.६५ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद मुनाफा २२ करोड ४० लाख थियो। बैंकको वितरणयोग्य मुनाफा २७ करोड ५६ लाख पुगेको छ।

यस अवधिमा बैंकले ७९ अर्ब ९५ करोड निक्षेप संकलन गरि ७१ अर्ब ६० करोड कर्जा तथा लगानी परिचालन गरेको छ। बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा निक्षेप १५ र कर्जा लगानी १७ प्रतिशतले वृद्धि गर्दा उसले ८७ करोड ७९ लाख खुद ब्याज आम्दानी गरेको छ ।

एनआइसी एसिया

एनआइसी एसिया बैंकले गत आर्थिक बर्षको तुलनामा खुद मुनाफा १७० प्रतिशतले बढाएर ७५ करोड २६ लाख पुर्याएको छ । गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद मुनाफा २७ करोड ८६ लाख थियो ।

बैंकको वितरणयोग्य मुनाफा ५८ करोड २२ लाख पुगेको छ । यस अवधिमा बैंकले १ खर्ब ६१ अर्ब निक्षेप संकलन गरि १ खर्ब ३९ करोड कर्जा तथा लगानी परिचालन गरेको छ। बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा निक्षेप ५५ र कर्जा लगानी ६१ प्रतिशतले वृद्धि गर्नुका साथै बैंकले १ अर्ब ८६ करोड खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको चुक्ता पुंजी ८ अर्ब ४ करोड रुप्ैंया छ भने जगेडा कोष रकम दोब्बरले बृद्धि गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा जगेडा कोषमा २ अर्ब ३६ करोड रुपैंया थियो जुन यो बर्ष ५ अर्ब ९ करोड पुगेकोे छ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले निराशाजनक विवरण सार्वजनिक गरेको छ । बैंकले २७ करोड ९७ लाख रुपैंया आम्दानी गरेको छ । गत आवको यही समायमा ३२ करोड ५१ लाख रुपैंया कमाएको थियो । बैंकले तीन महिनामा ९४ खर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरि ८४ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

स्ट्यान्डर्ड चार्टड बैंक

बैंकले चालू आवको पहिलो त्रैमासमा ६३ करोड ४१ लाख रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको तुलनामा खुद नाफामा २६.७७ प्रतिशतले वृद्धि हो । बैंकले ६५ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एनएमबी बैंक

एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ दशमलव ११ प्रतिशतले मुनाफा बृद्धि गरेको छ । बैंकले ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएकोे छ । गत वर्ष यही समयमा बैंकले ४५ करोड १३ लाख रुपैयाँ नाफा थियो । बैंकले ८५ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरि ८२ अर्ब ७७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

सनराइज बैंक

यो बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गएको वर्ष यसै अवधिमा २० करोड ३७ लाख खुद नाफा गरेको गरेको थियो ।

मेगा बैंक

गत बैशाखमा टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्ज भएको मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४० करोड ४५ लाख रुपैयाँ मुनामा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो । यो गत आर्थिक बर्षको तुलनामा ३९४ प्रतिशतले बढी हो । बैंकको कुल निक्षेप अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई ६६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा तथा सापटी ६२ अर्ब २५ करोड पुगेको छ ।

सानिमा बैंक

सानिमा बैंकले बैंकले गत वर्ष पहिलो त्रैमासमा ३७ करोड ५० लाख खुद नाफा गरेकोमा यस बर्ष ५१ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले ४६ करोड ४४ लाख रुपैयाँ वितरणयोग्य नाफा बनाएको छ । गत वर्ष यो रकम ३२ करोड ६९ लाख रुपैयाँ मात्रै थियो ।

एनसीसी बैंक

एनसीसी बैंकले ८६ प्रतिशतले खुद नाफा बृद्धि गरेको छ । त्यस्तै बैंकले ७० प्रतिशतले वितरण योग्य नाफा बृद्धि गरेको छ । बैंकले पहिलो त्रैमासिक ४६ करोड ९१ लाख खुद नाफा गरेको छ । गत बर्ष यही अवधिमा बैंकले २५ करोड १४ लाख खुद नाफा गरेको थियो । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ६८ करोड छ ।

जनता बैंक

जनता बैंकले पनि मुनाफामा दोब्बरले बृद्धि गरेको छ । को खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गएको वर्षको यसै अवधिको तुलनामा दोब्बर भएको छ। त्रिवेणी विकास बैंकसँग मर्ज भएको यो बैंक गत आर्थिक बर्षको पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ३२ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

प्राइम बैंक

प्राइम बैंकले पनि सन्तोषजनक मुनाफा आर्जन गरेको छ । बैंकले गत आथिृक बर्षमा यही समयमा ३४ करोड १७ लाख रुपैयाँ नाफा कमाएकोमा यस बर्ष ४२ करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत बर्षको तुलनामा २५.३१ प्रतिशत बढी हो । बैंकले ७६ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७२ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गरेको विवरणमा उल्लेख छ । बैंकले ९७ करोड २ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले पहिलो त्रैमासमा ३० करोड १९ लाख खुद नाफा कमाएको छ । । गत वर्षको पहिलो त्रैमासमा यो बैंकको खुद नाफा २२ करोड ९७ लाख थियो ।

एभरेस्ट बैंक

एभरेस्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ कमाएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १९.१७ प्रतिशतले बढी हो । गत वर्ष यो बैंकले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले १ खर्ब २० अर्ब ३३ करोड ९१ लाख निक्षेप सङ्कलन गरेको र कर्जा लगानी १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँ पुगेको विवरण सार्वजनिक गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले पहिलो त्रैमासमा ३० करोड ३० लाख खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २२ करोड ५९ लाख खुद नाफा गरेको थियो । जुन गत वर्षको तुलनामा ३४.१२ प्रतिशत बढी हो ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले पहिलो त्रैमासमा ५३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३६.३६ प्रतिशतले बढी हो । बैंकले १ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेको छ भने कर्जा लगानी ९९ अर्ब ५० करोड रुपैयाँ पु¥याएको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बैंकले चालु आथिृक बर्षको पहिलो त्रैमासिकमा ६६ करोड ३१ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाउको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ८२.१९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा ३६ करोड ३९ लाख ७२ हजार रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २७ रुपैयाँ ३५ पैसा पुगेको छ । बैंकमा १ खर्ब २ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ निक्षेप छ भने यस बैंकले १ खर्ब ६१ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

हिमालय बैंक

हिमालयन बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा राम्रो प्रगति गरेको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा खुद मुनाफा ५८.४१ प्रतिशतले बढाएर ६४ करोड ९६ लाख पुर्याएको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद मुनाफा ४१ करोड १ लाख थियो। बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ६८ लाख पुगेको छ । यस अवधिमा बैंकले १ खर्ब २ अर्ब निक्षेप संकलन गरि ९२ अर्ब २४ करोड कर्जा तथा लगानी परिचालन गरेको छ । बैंकको चुक्ता पुंजी ८ अर्ब ११ करोड रुपैंया छ भने जगेडा कोष रकम ६ अर्ब ८९ करोड पुगेको छ ।

Logo