कुनै समय जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्न पाउनु गौरवको कुरा हुन्थ्यो ।   तर हिजो आज जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुको हालत नाजुक छ  । "/>

जलविद्युत् कम्पनीहरुको शेयर मूल्य आइपीओको भन्दा पनि थोरै !

जलविद्युत् कम्पनीहरुको शेयर मूल्य आइपीओको भन्दा पनि थोरै !

केन्द्रबिन्दु
0
Shares

कुनै समय जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्न पाउनु गौरवको कुरा हुन्थ्यो ।  तर हिजो आज जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुको हालत नाजुक छ  ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । नेशनल हाइड्रोपावर कम्पनीको बजारमा प्रतिकित्ता शेयर रु ७७ मा खरीद बिक्री भएको छ । बुधबार सो कम्पनीको शेयर आधारभूत मूल्यभन्दा रु २३ कममा खरीद बिक्री भएको छ । यस्तै दिव्यश्वेरी हाइड्रोपावर कम्पनीको शेयरसमेत आधारभूत मूल्यभन्दा कममा खरीद बिक्री भएको छ । सो कम्पनीको प्रतिकित्ता शेयर रु ९७ मा खरीद बिक्री भएको स्टक जनाएको छ  । 

त्यस्तै खानीखोला हाइड्रोपावर कम्पनीको शेयर प्रतिकित्ता रु ९७ मा कारोवार भएको छ । चिलिमे जलविद्युत् कम्पनीको शेयरबाहेक अरु जलविद्युत् कम्पनीको अवस्था खराब रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सरकारी स्वामित्वको चिलिमे कम्पनीको शेयर प्रतिकित्ता रु ६८८ मा कारोवार भएको छ । पछिल्लो दिनमा सो कम्पनीको शेयरमा समेत उच्च गिरावट आएको छ । 

स्टकका अनुसार अरुण काबेली जलविद्युत् कम्पनीको शेयर रु २१२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु १२६, बरुण हाइड्रोपावर कम्पनीको शेयर रु १२१ मा खरीद बिक्री भएको छ । बुटवल पावर कम्पनीको शेयर प्रतिकित्ता रु ४६० मा खरीद बिक्री भएको छ । त्यस्तै छ्याङ्दी हाइड्रोपावरको शेयर रु १०८, कालिका पावर रु ११३, नेपाल हाइड्रो डेभलपर्स रु १२० मा खरीद बिक्री भएको छ । हिमालयन पावर पार्टनर रु २०५, ङादी ग्रुप पावर रु १२९, पञ्चकञ्या माई रु १२३, राधी विद्युत् कम्पनी रु १८० र रैराङ हाइड्रोपावरको शेयर प्रतिकित्ता रु १११ मा खरीद बिक्री भएको छ । 

यस्तै रिडी हाइड्रोपावरको शेयर रु १०५, सिनर्जी पावर डेभलपर्स रु १०० र युनाइटेड मोदीको प्रतिकित्ता रु १४३ मा खरीद बिक्री भएको छ ।

Logo