मध्यभोटेकोशी जलविद्युत आयोजनाको पहिलो चरणको आइपीओ आजदेखि खुल्ला गरेको छ। "/>

मध्यभोटेकोशीको आइपीओ खुल्यो, सीआस्वा अनिवार्य

मध्यभोटेकोशीको आइपीओ खुल्यो, सीआस्वा अनिवार्य

केन्द्रबिन्दु
0
Shares

मध्यभोटेकोशी जलविद्युत आयोजनाको पहिलो चरणको आइपीओ आजदेखि खुल्ला गरेको छ।  कम्पनीले कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि पहिलो चरणमा १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

पहिलो चरणमा कात्तिक २८ गते बुधबारदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुका लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन हुनेछ । त्यसपश्चात मंसिर १८ देखि २६ गतेसम्म संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि शेयर निष्काशन गरिने छ । संस्थापक संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ ।

कर्मचारी सञ्चय कोषका बचतकर्ता र संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् ।

सबै आवेदकहरुले सीआस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । सञ्चयकर्ताको परिचयपत्र, कर्मचारीको परिचयपत्र लगायत कागजात अनिवार्य गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।

कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकबासीका लागि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने जनाएको छ । त्यसपछि तेस्रो चरणमा सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरिने बताइएको छ । 

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ ।

Logo