काठमाडौं

बढ्दो व्यापार असन्तुलनका कारण मुलुकको शोधनान्तर घाटा ६ वर्ष यताकै उच्च भएको छ । "/>

मुलुकको शोधनान्तर घाटा ६ वर्ष यताकै उच्च

मुलुकको शोधनान्तर घाटा ६ वर्ष यताकै उच्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बढ्दो व्यापार असन्तुलनका कारण मुलुकको शोधनान्तर घाटा ६ वर्ष यताकै उच्च भएको छ । निकासीको तुलनामा पैठारी व्यापारको हिस्सा अत्याधिक वृद्धि हुन थालेपछि यस्तो अवस्था सिर्जना भएको हो । मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढी हुनु नै शोधनान्तर घाटा बढ्नु हो । यस्तो घाटा बढ्नाले मुलुकको सिंगो अर्थतन्त्र नै कमजोर भएको संकेत गर्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको शोधनान्तर घाटा बढेर २५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ८७ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकले शोधनान्तर घाटा अत्याधिक बढेपछि नियन्त्रण गर्न केही नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार घाटा नियन्त्रण गर्न सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध गराइँदै आएको ६५ प्रतिशतसम्मको ऋणको सीमा घटाएर ५० प्रतिशतमा झारिएको छ । चालू वर्षको दुई महिनामा मात्रै १७ अर्ब ९७ करोड रुपैयाँको सवारीसाधन आयात भइसकेको छ ।

राष्ट्र बैंकले विदेशी सञ्चिती बढाउन र दीर्घकालीन उत्पादनमूलक क्षेत्रमा ऋण लगानी बढाउन बैंकहरूले विदेशबाट ल्याउने ऋणको सीमा समेत बढाएको छ । उसले प्राथमिक पुँजीको २५ प्रतिशत रहेको ऋण सीमालाई बढाएर ५० प्रतिशत पु¥याएको छ ।

यस्तै राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीले पाउने सटही सुविधामा समेत कटौती गरेको छ । चालू आर्थिक वर्षको दुई महिनामा विदेश घुम्न जाँदा १९ अर्ब रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो ।
राजधानीबाट

 

Logo