स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश घोषणा गरेको छ। बैंकले सेयरधनीहरुलाई गत आर्थिक बर्षको कमाईबाट १७.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

बैकको कात्तिक २४ मा बसेको ३७६ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १७।५० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो । उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बैंकले तोकेको मिति भित्र कायम सेयरधनीहरुले मात्र अहिले घोषणा गरिएको नगद लाभांश पाउनेछन।

बैंकले गत आर्थिक बर्ष २ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको थियो। नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा २ अर्ब १ करोड पुगेको थियो। राष्ट्र बैंकको प्राबधानअनुसार समायोजन कायम हुने वितरण योग्य नाफा तोकिएका सम्बन्धित शिर्षकहरुमा व्यवस्था गरेपश्चातको रकम सेयरधनीहरुलाई लाभांश वितरणमा उपयोग हुन्छ।  यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ११ करोड छ।  

यस अघि सानिमा बैंक र एभरेष्ट बैंकले पनि लाभांश घोषणा गरिसकेका छन।

Logo