भक्तपुर

विश्व सम्पदास्थल भक्तपुर पुग्ने पर्यटकहरु बढेका छन् । भक्तपुर नगरपालिका पर्यटन सेवा केन्द्रका अनुसार चालू आर्थिक वर्षको असोज सम्म भक्तपुर पुग्ने विदेशी पर्यटक १५.६२ प्रतिशतले बढेको हो । "/>

यस वर्ष भक्तपुर पुग्ने पर्यटकको संख्या बढ्यो

यस वर्ष भक्तपुर पुग्ने पर्यटकको संख्या बढ्यो

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

विश्व सम्पदास्थल भक्तपुर पुग्ने पर्यटकहरु बढेका छन् । भक्तपुर नगरपालिका पर्यटन सेवा केन्द्रका अनुसार चालू आर्थिक वर्षको असोज सम्म भक्तपुर पुग्ने विदेशी पर्यटक १५.६२ प्रतिशतले बढेको हो ।

केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले गत वर्षको असोजसम्म जम्मा ४८ हजार आठ सय ७८ जना विदेशी पर्यटक भक्तपुर पुगेको जानकारी दिए । तर चालू आवको असोजसम्म ५६ हजार पाँच सय १२ जना भक्तपुर पुगेको उनी बताउँछन् ।

‘गत वर्षको असोजको तुलनामा चालू आवको असोजसम्म सात हजार ६ सय ३४ जना बढी पर्यटक भक्तपुर पुगेका छन्’, उनले भने, ‘यसमध्ये चीन सहित दक्षिण एसियाका पर्यटकहरु बढी भक्तपुर पुगेका छन् ।’

उनका अनुसार यस्ता पर्यटक २१.१२ प्रतिशतले बढेको हो । गत वर्षको असोजसम्म २१ हजार एकसय ६२ जना भक्तपुर पुगेका थिए । चालू आवको असोजसम्म यो संख्या बढेर २५ हजार ६ सय ३२ पुगे ।

त्यस्तै तेस्रो मुलुकका पर्यटकहरु भने ११.४२ प्रतिशतले मात्रै बढेको केन्द्र प्रमुख लासिवाले जानकारी दिए । उनका अनुसार गत वर्ष असोजसम्म तेस्रो मुलुकका २७ हजार सात सय १६ जना
मात्रै भक्तपुर पुगेका थिए । चालू आवको असोजसम्म ३० हजार आठ सय ८० पुगे ।

भक्तपुर नपाले गत वर्षमा पर्यटन शुल्कबाट २४ करोड १४ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको थियो । उक्त वर्ष दुई लाख २७ हजार ६ सय १४ जना विदेशी पर्यटक भक्तपुर नगर प्रवेश गरेका थिए ।
अन्नपूर्णबाट

Logo